सामाजिक सुरक्षा कोषमा नजाने बैंकहरुले कोषले लगानी गर्ने रकम नपाउने

Jan 24, 2020 06:12 PM merolagani



सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने बैंकहरुले कोषले लगानी गर्ने रकम नपाउने भएका छन्। शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औ वार्षिकोत्सवको अवसरमा बोल्दै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले यस्तो बताएका हुन्। 

“सामाजिक सुरक्षा कोषको तर्फबाट लगानी गर्ने पैसा अहिले प्रतिस्पर्धा गरेर, विज्ञापन गरेर बाँडफाँड गर्ने गरेका छौ अब सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने बैंकलाई कोषले त्यो लगानी गर्दैन।” उनले भने “लगानी लिने हो भने कोषमा आबद्ध हुनुपर्यो त्यो हाम्रो एउटा कार्यक्रम छ बाँकी ब्यक्तिगत कर्मचारीहरुलाई त्यहाँ गएर घाटा हुन्छ नगएर फाइदा हुन्छ भने तपाई आफु स्वतन्त्र हुनुन्छ।”

तर विस्तारै श्रमिकहरुलाई अन्त भन्दा सामाजिक सुरक्षा काषमै फाइदा हुनेगरी व्यवस्थापन गर्ने क्रममा अगाडि बढिरहेको उनले जानकारी दिए।

उनले सामाजिक सुरक्षा कोषमा अबद्ध भएर बैंकका कर्मचारीहरुको सेवा सुविधा नघट्ने प्रष्ट पादै दोहोरो करको विषयमा समेत संशोधन गर्ने तयारी गरीरहेको जानकारी दिए।

वार्षिकउत्सवको अवसरमा शिवाकोटीले बैंकहरूलाई प्रविधिमा लगानी बढाउन,कर्मचारीलाई क्षमता बढाउन, व्याजदरलाई कम गर्न, सहुलियतपूर्ण कर्जामा लगानी बढाउन र समयमा नै साधारणसभा गर्न सुझाव दिएका छन्।

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।