तीन कम्पनीको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनुपर्ने

Jan 26, 2020 08:57 AM Merolagani

आज (माघ १२ गते) तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। हिमालयन बैंक, नागबेली लघुवित्त र डिप्रोक्स लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (माघ १३ गते) बुकक्लोज गर्नेछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यी तीन कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

हिमालयन बैंक (HBL) ले लाभांश र ५ सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा सहित साधारण सभा आह्वान गरेको छ। बैंकले माघ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, बैंकको अधिकृत पूँजी वृद्धिगरी १२ अर्ब गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी गराउने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

त्यसैगरी, डिप्रोक्स लघुवित्त (DDBL) ले लाभांश प्रस्ताव पारित गर्न माघ २६ गते अठारौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा भरतपुर गार्डेन रिर्सोट, भरतपुरमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफा र गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफा रकम समेत सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

यसका साथै सभाले लघुवित्तको अधिकृत पूँजी वृद्धि गरी २ अर्ब पु¥याउने, लघुवित्तको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने, मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षकको नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ।
हाल ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३० प्रतिशत बराबरको २३ करोड २० लाख २३ हजार १३२ रुपैयाँ बोनस पश्चात एक अर्ब ५४ लाख ३३ हजार ५७३ रुपैयाँ कायम हुनेछ।

नागबेली लघुवित्त (NBBL) ले लाभांश पारित गर्ने प्रस्ताव सहित माघ २६ गते दशौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनको लागि १.३६८ प्रतिशत वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ४ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने र शेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

लघुवित्तलाई संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि शेयर स्वामित्व परिवर्तन गर्न लागेको हो। लघुवित्तले एक पटकमा संस्थापक समूहको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्नेछ।

त्यसैगरी, अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। किसान र मिर्मिरेसँग मर्जर भाँडिएपछि लघुवित्तले अन्य लघुवित्तहरुसँगको मर्जर अथवा एक्वीजिसनको प्रक्रिया शुरु गर्न लागेको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।