कम्बोडियाली अर्थतन्त्र ७.१ प्रतिशतले बढ्ने प्रक्षेपण

Jan 29, 2020 01:22 PM Merolagani



कम्बोडियाको अर्थतन्त्र सन् २०२० मा सुदृढ रहने आसियान अनुसन्धान कार्यालय (आम्रो) ले प्रक्षेपण गरेको छ।

आम्रोका अनुसार मुलुकको कूल गार्हस्थ्य उत्पादन सन् २०१९ र २०२० मा करिब ७.१ प्रतिशतको स्थिर अवस्थामा रहनेछ। मुलुकको सुदृढ निर्माण कार्यहरु, बलियो घरेलु लगानी वृद्धि तथा बढ्दो घरेलु मागका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको हो।

मुद्रास्फिती भने यस वर्ष २.३ प्रतिशतले वृद्धि हुनेछ जुन गत वर्षको २.१ प्रतिशतभन्दा केही बढी हो। आम्रोले बुधबार जारी गरेको विज्ञप्तिमा एउटा क्षेत्रमा अर्थतन्त्र बढी निर्भर रहेकाले त्यसलाई विस्तार गर्नुपर्ने उल्लेख छ। कम्बोडियाको बजार खासगरी युरोपेली मुलुकमा मात्र केन्द्रित रहेको छ।

युरोपेली युनियनले कम्बोडियासँगको व्यापारमा कटौती गरेमा त्यसले कम्बोडियाली अर्थतन्त्रमा गम्भीर असर पुर्‍याउने आम्रोको भनाई छ।

युरोपेली युनियनले गत वर्ष फेब्रुअरीमा कम्बोडियाको मानव अधिकार र श्रम अधिकार सम्बन्धी विषयमा चासो व्यक्त गर्दै कम्बोडियामा यी दुई क्षेत्रमा सुधार गर्न चेतावनी दिएको थियो। युनियनले कम्बोडियाले यी दुई क्षेत्रमा पर्याप्त सुधार नगरे स्वतन्त्र व्यापार पहुँच नदिने बताएको थियो।

अतिकम विकसित मुलुकको सूचीमा परेको कम्बोडियालाई युनियनले केही दशकदेखि हातहतियार र गोलाबारुद बाहेकका सबै किसिमका वस्तुहरुलाई युरोपेली बजारमा भन्सार छुट (ड्युटी–फ्री) मा प्रवेश दिएको छ।

युरोपेली युनियनमा कम्बोडियाबाट सन् २०१८ मा करिब ५ अर्ब ८६ करोड अमेरिकी डलरको सामान निर्यात भएको थियो। तीमध्ये तयारी पोशाक र जुत्ताचप्पलको निर्यात करिब दुई तिहाई रहेको थियो। यस क्षेत्रमा करिब एक हजार १०० कारखाना रहेका र त्यहाँ करिब ७ लाख ५० हजारले रोजगारी पाएका छन्।

गत वर्ष मार्चमा कम्बोडिया सरकारले युरोपेली बजारको परनिर्भरता हटाउन विभिन्न सुधारका कदमहरु घोषणा गरेको थियो।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।