एनसीसी बैैकको लाभांश पारित, मर्जरको लागि जोडी खोज्दै

Jan 31, 2020 02:56 PM merolagani



नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) को शुक्रबार सम्पन्न २२ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने १५ प्रतिशत लाभांश पारित गरेको छ।

सभाले पूँजीको १५ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको हो।

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले माघ ७ गते बुकक्लोज गरेकाले माघ ६ गतेसम्म कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेकोमा १५ प्रतिशतका दरले एक अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ बोनस शेयर वितरण पश्चात एनसीसी बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्नेछ।

सभाले अध्यक्ष र सञ्चालकहरुको बैठक भत्ता क्रमश १८ हजार र १५ हजार रुपैयाँ हुनेगरी प्रस्ताव परित गरेको छ। यसअघि सञ्चालक समितिले अध्यक्षेको २० हजार र सञ्चालकको १६ हजार रुपैयाँ बैठक भत्ता प्रस्ताव गरेकोमा शेयरधनीहरुको विरोधपश्चात त्यसलाई घटाएको हो।

सभामा बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकले बिग मर्जरको लागि कुरा गरिरहेको भएपनि निष्कर्शमा पुग्न नसकेको बताएका छन्। यसमा छिटै उचित निष्कर्शमा पुग्ने न्योपानेले बताए।

उनले बिग मर्जर गर्न ढिलो भइसकेको भएपनि बैंकिङ क्षेत्र भने राष्ट्र बैंकको निर्देशन कुरेर बस्ने मनस्थितिमा रहेको बताएका छन्।

मर्जर भन्ने कुरा बैंकले सोचेर, दुइ बैंकका अध्यक्ष तथा सञ्चालकहरुविच कुरा मिलेर मात्र नहुने भन्दै मर्जर भित्र धेरै अंक अक्षर र व्यवहारहरु लुकेको हुने हुँदा सो तथ्यलाई पुष्टि गर्दै अगाडि बढ्न आवश्यक रहेको बताए।

त्यस्तै सभामा उनले आगामी साधारणसभामा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिलाई हस्तानतरण गर्ने जनाए।

विगतका वर्षहरुमा बैंकले सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव रामखेपनि राष्ट्र बैैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गरेर मात्र निर्वाचन गर्नु भन्ने निर्देशनका कारण सो सम्भव हुन सकेको थिएन। तर २२ औ साधारणसभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गरिसकेकोले आगामी साधारणसभामा नयाँ सञ्चालक समितिको निर्वाचन गर्ने उनले जनाए।

बैंकको हालसम्म १२० वटा शाखा कार्यलय र ४ वटा एक्सटेनशन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।