सिन्धु विकास बैंकको दशौं बार्षिक साधारण सभा सम्पन्न

Jan 31, 2020 07:54 PM Merolagani

सिन्धु विकास बैंकले माघ १७ गते दशौंं बार्षिक साधारण सभा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ बाह्रबिसे, सिन्धुपाल्चोकमा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले आर्थिक वर्षको बार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले खुद मुनाफाबाट ११.५१ प्रतिशत बोनस शेयर तथा ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साे अवसरमा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनमा प्रदेश नं. ३ को अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजाने लक्ष्य लिएको जानकारी गराए। 

बैंकले हालसम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २२ शाखा र २ सिमिति बैकिङ्ग ईकाई गरी कुल २४ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।