सेन्ट्रल फाइनान्सले लाभांश पारित गर्न बोलायो साधारणसभा, बुकक्लोज कहिले?

Feb 04, 2020 10:17 AM Merolagani



सेन्ट्रल फाइनान्स (CFCL) ले लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सहित २३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। फाइनान्सले फागुन १६ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा दिनको ११ बजे सभा बोलाएको हो। 

सभामा फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यस्तै, सभामा वार्षिक प्रतिवेदन पारित गर्ने लेखापरीक्षक नियुक्त गर्ने तथा नियमनकारी निकायबाट नियमावली संशोधन गर्न कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेै प्रस्ताव लैजाँदैछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि फाइनान्सले माघ २८ गते बुकक्लोज गर्ने भएकाले माघ २७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र फाइनान्सले वितरण गर्ने लाभांश र साधारणसभामा भाग लिन पाउनेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।