सेन्ट्रल फाइनान्सले लाभांश पारित गर्न बोलायो साधारणसभा, बुकक्लोज कहिले?

Feb 04, 2020 10:17 AM Merolagani



सेन्ट्रल फाइनान्स (CFCL) ले लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सहित २३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। फाइनान्सले फागुन १६ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा दिनको ११ बजे सभा बोलाएको हो। 

सभामा फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यस्तै, सभामा वार्षिक प्रतिवेदन पारित गर्ने लेखापरीक्षक नियुक्त गर्ने तथा नियमनकारी निकायबाट नियमावली संशोधन गर्न कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेै प्रस्ताव लैजाँदैछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि फाइनान्सले माघ २८ गते बुकक्लोज गर्ने भएकाले माघ २७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र फाइनान्सले वितरण गर्ने लाभांश र साधारणसभामा भाग लिन पाउनेछन्।