हिमालयन बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

Feb 05, 2020 07:47 AM Merolagani

हिमालयन बैंक (HBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७४ करोड २४ लाख खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७ करोड ५३ लाख अर्थात २७.४५ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार भएसँगै बैंकको नाफा बढेको हो। नाफा बढेपछि बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ रुपैयाँ २ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ८ रुपैयाँ ८८ पैसा बढेर ४० रुपैयाँ ९० पैसा पुगेको छ।

सो अवधिसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा ६ अर्ब ११ करोड ६० लाख रुपैयाँ र शेयरधनी कोषमा ३ अर्ब १० करोड २७ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ९२ करोड ९२ लाख रहेको छ।

पुस मसान्तसम्ममा १ खर्ब १२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ९७ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको यस बैंकले २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड ४६ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १६ करोड ६६ लाख रुपैयाँ बढेर २ अर्ब ११ करोड ७० लाख पुगेको छ।

बैंकको खुद फि तथा कमीशन आम्दानी बढेसँगै इम्पेरिमेन्ट चार्ज १० करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेका कारण खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर सामान्य बढेको हो। यसका साथै बैंकको गैर सञ्चालन आम्दानीमा पनि सुधार भएपछि खुद नाफा बढ्न टेवा पुगेको हो।

पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २० पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १३.७४ गुणा कायम भएको छ। सो अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा १.२८ प्रतिशत, आधार दर ८.९२ र स्प्रेड दर ५.३२ प्रतिशत रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।