हिमालयन जनरल इन्स्योरेन्सले घटायो लाभांशदर

Feb 05, 2020 12:12 PM Merolagani



हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ। कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांशदर घटाएको हो। 

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतले हुन आउने ४ करोड १० लाख ८८ हजार रुपैयाँ बोनश शेयर र कर प्रयोजनका लागि ३.७५ प्रतिशतले हुन आउने ३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअघि इन्स्योरेन्सले ५ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद लाभांश गरी १०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।