हिमालयन जनरल इन्स्योरेन्सले घटायो लाभांशदर

Feb 05, 2020 12:12 PM Merolagani



हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ। कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांशदर घटाएको हो। 

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतले हुन आउने ४ करोड १० लाख ८८ हजार रुपैयाँ बोनश शेयर र कर प्रयोजनका लागि ३.७५ प्रतिशतले हुन आउने ३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअघि इन्स्योरेन्सले ५ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद लाभांश गरी १०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।