राष्ट्रिय वाणिज्य बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न

Feb 07, 2020 05:14 PM merolagani

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंकको माघ २४ गते दरबारमार्गस्थित बैंकको सभाहलमा चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

साधारण सभाले चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड ५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभामा शेयरधनीहरुले आगामी वर्ष नगद लाभांशको साथ साथै बोनस शेयरमा समेत जोड दिन आग्रह गरेका थिए । उनीहरूले साधारणसभालाई अझै समयमा नै सम्पन्न गर्न आग्रह गरेका थिए।

बैंकका अध्यक्ष निर्मलहरि अधिकारीले शेयरधनीहरुले दिएको सुझावलाई कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

सभाले पारित गरेको उक्त लाभांश आरबीबी मर्चेण्ट बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा पठाउने अधिकारीले बताए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।