एनएलजी इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आइतबार अन्तिम दिन

Feb 09, 2020 10:32 AM Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) ले निष्काशन गर्न लागेको ६० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने माघ २६ गते, आइतबार अन्तिम दिन रहेको छ। 

इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि माघ २७ गते बुकक्लाज गर्ने भएकाले आइतबारसम्म कायम भएका शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन गर्न पाउनेछन्।

इन्स्योरेन्सको शेयर गत बिहीबार प्रतिकित्ता ८६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। 

कम्पनीको गत जेठ १४ गते सम्पन्न विशेष साधारण सभाले १० बराबर ६ को अनुपात ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। धितोपत्र बोर्डले पुस २९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो।

इन्स्योरेन्सले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा लक्ष्मी क्यापिटललाई दिएको छ। इन्स्योरेन्सले निष्काशन गर्न लागेको उक्त हकप्रदलाई इक्रा नेपालले ग्रेड ३ रोटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको अवस्था औषत रहेको जनाउछ ।

हाल चुक्ता पूँजी ६४ करोड रुपैयाँ रहेको इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ।

 




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।