कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ सय भन्दा बढी

Feb 10, 2020 03:31 PM agency



गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट ९०८ व्यक्तिको मृत्यु भएको छ भने ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित छन् ।

सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसको सुरुवात भएको प्रमुख स्थानको रुपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट २ हजार ६१८ जना सङ्क्रमित भएका बताइएको छ । आइतबार एकै दिनमा ९१ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएकका छन् ।

हुबेई प्रान्तका दुई हजार ६१८ जना सङ्क्रमितहरुमा १ हजार ९२१ जना हुबेइ प्रान्तको प्रान्तीय राजधानी अर्थात कोरोना भाइरसबाट अत्यन्त प्रभावित स्थान उहानमा मात्र रहेका छन् । आइतबार एकै दिनमा ज्यान गुमाउनेमा पनि ७३ जना उहानका नै रहेका जनाइएको छ ।

हुबेई प्रान्तमा आइतबार मात्र २९ हजार ६३१ जनामा कोरोना भाइरस सङ्क्रमित भएका थिए । ःगत वर्षको अन्त्यतिरबाट चीनको हुबेई प्रान्तको प्रान्तीय राजधानी उहानबाट शुरु भएको यस भाइरसका कारण सो प्रान्तमा मात्र ८७१ व्यक्तिको मृत्यु भएको । सङ्क्रमित रहेका २९ हजार ६३१ जनामा ५ हजार ५०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसैबीच, कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गर्नुभएको छ ।

उहाँको बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारमा लागि सञ्चालन गरिरहेका स्थानहरुको सोमबार निरीक्षण गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले बेइजिङको चाओयाङ जिल्लाको अनहुली समुदायका नागरिकका लागि कोरोना भाइरसको उपचारका लागि बनाइएका रोग निवारण तथा उपचार केन्द्रहरुको पनि निरीक्षण गरी ती स्थानमा अपनाइएका उपचार पद्दतिको बारेमा पनि जानकारी लिनुभएको बताइएको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।