बिटीएसटीलाई कानुनी रुपमा कार्यान्वयनमा ल्याउने कि,बन्द गर्ने ?

Feb 13, 2020 04:40 PM merolagani

रबिन पौडेल

नेपाल धितोपत्र बोर्डले बिटीएसटीकाे कानुनी हैसियतकाे बारेमा स्पष्ट पार्नु पर्ने देखिएकाे छ । बाेर्डले कि  बिटीएसटी काराेबारलाइ मान्यता दिनुपर्छ कि बन्द गर्नु पर्छ । बाेर्डले यसमा आँखा चिम्लिदिँदा दोस्रो बजारमा दैनिक गैर कानुनी कारोबार हुँदै आएको छ । 

नियमित शेयर खरिद गरेको तेस्रो दिन मात्रै शेयर बिक्री गर्न पाइन्छ । तर दोस्रो बजारका केही लगानीकर्ताले भने ब्रोकर कम्पनीको मार्फत दोस्राे दिन मै शेयर बिक्री गर्दै आएका छन् । शेयर बजारको फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एकस्सचेन्ज (नेप्से)का पदाधिकारी र नियामक निकाय धितोपत्र बोर्डलाई समेत यो विषय थाहा नभएको भने होइन । उनीहरू तैं चुप मै चुपको स्थितिमा हुँदा सोझा साधारण लगानीकर्ता भने ठगिँदै आएका छन् । 

नेप्सेको अनलाइन प्रणालीले शेयर भएको नभएको चेक जाँच गर्न सक्छ । तर त्यसलाई ब्रोकर कम्पनीले जाँच गर्न दिने वा नदिने गराउन सक्छन् । अनलाइन कारोबार गर्नेको  शेयर भए नभएको हेरेर मात्रै कारोबार हुन्छ  । ब्रोकर कम्पनीबाट कारोबार गर्दा ब्रोकर कम्पनीहरूले भने शेयर भए नभएको जाँच गर्ने बटन अफ गर्ने गर्छन् । जसले शेयर नभएको लगानीकर्ताले समेत बिक्री आदेश दिन सक्छ ।

सबै शेयर कारोबारीको शेयर भए नभएको जाँच गरेर मात्रै शेयर बिक्री गर्ने आदेश दिन सकिने नेप्से अधिकारी बताउँछन् । 'यो पहाडै खस्ने विषय होइन बोर्डले एउटा निर्देशन दिने बित्तिकै शेयर नहेरी कारोबार गर्नै नमिल्ने बनाउन सकिन्छ ' नेप्से अधिकारीले भने । नेप्से आफैले गर्नु पर्ने विषय बोर्डको मुख ताकिरहेको छ भने बोर्ड नेप्सेकै काम हाे भनेर बसेकाे छ । यसबाट सर्वसाधारण लगानीकर्ता भने आजित भई सकेका छन् । 

यतिबेला दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले पछिल्लो समय शेयर खरिद गरी खातामा नै नआई बेच्ने गतिविधि बढ्दै गएको छ। अन्तराष्ट्रिय क्षेत्रमा कानुनी रुपमा नै मान्यता प्राप्त बाई टुडे सेल टुमरो अर्थात बिटीएसटी प्रणालीलाई अबलम्बन गर्दै नेपालमा पनि लगानीकर्ताले आफ्नो हितग्राही खातामा शेयर नै नआई बिक्री गर्ने गरेका हुन्।

तर नेपाल स्टक एक्सचेञ्जले भने बिटीएसटी प्रणालीलाई कानुनी रुपमा मान्यता प्रदान गरेको छैन।नेप्सेको अनलाईन कारोबारमा खातामा शेयर नभइ शेयर बिक्री गर्न नसकिने भएपनि अफलाइन अर्थात ब्रोकरमार्फत हुने कारोबारमा भने खातामा शेयर नभएपनि बिक्री गर्न सकिन्छ तर उक्त कारोबारलाई ३ कार्यदिनभित्र सेटलमेन्ट गर्नुपर्छ।

ठूला तथा टाठाबाठा लगानीकर्ताहरुले ब्रोकर कम्पनीहरुमार्फत खातामा नभएको शेयरलाई समेत बिक्री गर्ने गरेका छन्।नेप्सेले बनाएको अनलाईन कारोबार प्रणलीमा  हाल टी प्लस ३ सेटलमेन्टमा शेयर कारोबार हुँदै आएको छ। यसअनुसार लगानीकर्ताले शेयर खरिद गरेर उक्त ३ दिनभित्र नै सेटलमेन्ट गर्नुपर्छ।

यसरी गरिएको कारोबारमा नेपाल स्टक एक्सचेञ्ले समेत सो कुरालाई खासै वास्ता गर्दैन। नेप्सेले ३ कार्यदिनभित्र सेटलमेन्ट गर्न नसकेको कारोबारमा मात्रै २० प्रतिशत क्लोजआउटको जरिवाना गर्ने गरेको छ।

अन्तराष्ट्रिय शेयर बजारमा यस्तो कारोबारलाई कानुनी रुपमा नै मान्यता प्रदान गरिएपनि नेपालमा भने कानुनी मान्यता प्रदान गरिएको छैन। नियामक निकाय नेपाल धितोपत्र बोर्डले यस्तो कारोबारलाई कानुनी रुपमा मान्यता दिएमा नेपाल स्टक एक्सचेजले उक्त कारोबारलाई खोल्न सक्ने छ। तर बोर्डले निर्देशन नदिई नेप्सेले यस्तो कारोबारलाई मान्यता दिन सक्दैन।

अन्तराष्ट्रिय बजारमा हेर्ने हो भने लगानीकर्ताले आज खरिद गरेको शेयरलाई भोली अर्थात दोस्रो कार्यदिन नै बिक्री गर्न पाउछन्। अन्तराष्ट्रिय क्षेत्रमा चलिरहेको यस्तो काराेबार नराम्रो भने होइन तर कानुनी मान्यता नरहेकाले टाठाबाठा लगानीकर्ताले यसमा चलखेल गर्नसक्ने देखिन्छ। ठूला लगानीकर्ताले भित्री सूचनामार्फत पनि यस्तो कारोबार गर्ने तर,साधारण लगानीकर्ता भने महंगो मूल्यमा शेयर किनेर फस्ने सम्भावना समेत रहन्छ।

अन्तराष्ट्रिय बजारमा समेत मान्यता पाएको यस्तो कारोबारलाई नेपालमा पनि मान्यता दिनु जरुरी देखिन्छ। यसमा नेपाल धितोपत्र बोर्डले कानुनी मान्यता प्रदान गर्ने वा गैरकानुनी रुपमा नै कारोबार गर्न दिइरहने ? सर्बसाधारण लगानीकर्ता प्रतिक्षामा रहेका छन् । 

  • के हो बिटीएसटी?

बिटीएसटी अर्थात बाई टुडे सेल टुमरो अन्तराष्ट्रिय रुपमा नै प्रचलनमा रहेको शेयर कारोबार प्रणाली हो। यस प्रणाली अन्तरगत लगानीकर्ताले आफुले खरिद गरेको शेयरको भाउ धेरै घट्ने संकेत देखेमा वा नाफा बुक गर्न सफल भएमा आफ्नो खातामा नआई दोस्रो कारोबार दिन नै बिक्री गर्न सक्छन।

मानाै एकजना लगानीकर्ताले आइतबार कुनै कम्पनीको शेयर खरिद गर्यो। नेपालकाे परिप्रेक्ष्यमा लगानीकर्ताले खरिद गरेको उक्त शेयर आफ्नो खातामा आउन ३ दिन लाग्छ तर त्यसविचमै उक्त शेयरको भाउ उच्च रुपले घट्ने देखियो अर्थात नाफा भयो र थप नबढ्ने देखियो भने लगानीकर्ताले सो शेयर खातामा नआई दोस्रो दिन नै बिक्री गर्न सक्छन्।

यस्तो शेयरलाई खातामा नआए पनि ब्रोकर कम्पनीले नै सेटलमेन्ट गरिदिन्छ। यसमा लगानीकर्ताले कुनै विशेष कारोबार गर्नु पर्दैन। तर ब्रोकर कम्पनीसँग भने राम्रो सम्बन्ध भएको हुनुपर्छ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।