प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने

Feb 11, 2020 03:30 PM Merolagani

प्रिमियर इन्स्योरेन्स (PIC)ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको शेयर बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले आफ्नो नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्नेको लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ।

कम्पनीले बिक्री गर्न लागेको शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले प्रति कित्ता न्यूनतम एक हजार ७५० रुपैयाँमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

मंगलबार नागरिक लगानी कोषको शेयर मूल्य प्रतिकित्ता २ हजार ५ सय ७४ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ।

शेयर खरीदका लागि माघ २८ गतेदेखि फागुन ६ गतेसम्म सात दिनभित्र आवेदन दिइसक्नु पर्नेछ भने न्यूनतम १०० कित्ता तथा अधिकतम सबै शेयरका लागि आवेदन गर्न सकिनेछ।

बोलपत्र आवेदन फाराम ग्लोबल आईएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल, प्रिमियर इन्स्योरेन्सको केन्द्रिय कार्यालय, नक्साल र ग्लोबल आईएमई बैंकको विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल मिलनचोक, सुर्खेत र धनगढीमा प्राप्त गर्न सकिनेछ।

comments powered by Disqus