सानिमा बैंकको नारी बचत खाता संचालनमा

Feb 13, 2020 12:16 PM MeroLagani



सानिमा बैंकले सानिमा नारी बचत खाता संचालनमा ल्याएको छ । बैंकले “बचत आफ्नो लागि सहयोग नारीको लागि” भन्ने उद्देश्यका साथ सो खाता संचालनमा ल्याएको हो ।

यस योजना अन्तर्गत हरेक नारी बचत खाता वापत बैंकले आफ्नो तर्फबाट मासिक रुपमा १ रुपैयाँ विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गरेको छ ।

सानिमा बैंकमा महिलाले नारी बचत खाता खोल्दा अप्रत्यक्ष रुपमा अन्य विपन्न वर्गका नारीको लागि सहयोग पुग्ने बैंकको विश्वास छ । 

यस सँगै बैंकले नारी खातावाहक ग्राहककालागि बैंकको डेबिट कार्डबाट बिल भुक्तानी गर्दा हरेक शनिबार १५ प्रतिशत क्यासब्याक वा अधिकतम ५०० रुपैयाँ सम्म छुट प्रदान गर्ने भएको छ । जसबाट हरेक महिना सामान खरिदमा २००० रुपैयाँ सम्म बचत गर्न सकिनेछ । उक्त क्यासव्याक योजना २०७६ फागुनदेखि २०७७ वैशाखसम्म लागू हुनेछ ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।