सानिमा जनरल इन्स्योरेन्स खुद नाफा दुई करोड नजिक

Feb 13, 2020 03:55 PM Merolagani



सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५४ लाख ७७ हजार रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले १ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क ५ करोड ९० लाख रुपैयाँले बढेर ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ३ करोड २८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ५४ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड २९ लाख रुपैयाँ, बीमाकोषमा ३ करोड ८७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३८ लाख ७१ हजार रुपैयाँ सञ्चित छ।

यस अवधिमा इन्स्योरेन्सले २१ हजार ७९२ वटा बीमालेख जारी गरी १७ करोड ८१ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। यस्तै, ३८४ वटा दाबी बापत कम्पनीले ३ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको छ भने २७९ दाबी बापत ८ करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।