प्रभु बैंक र एनप्याब्सनका बिच बैंकिङ्ग कारोबार गर्ने सम्झौता

Feb 13, 2020 03:51 PM MeroLagani



निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एनप्याब्सनको बैंकिङ्ग कारोबार प्रभु बैंकमार्फत गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनप्याब्सनका अध्यक्ष विष्णु पराजुलीले माघ २९ गते, बिहीबार हस्ताक्षर गरेका हुन्।

सम्झौता बमोजिम एनप्याब्सनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्फत गर्नेछ। यसका साथै, एनप्याब्सन अन्तर्गत रहेका निजी क्षेत्रका विद्यालयले पनि प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा खाता खोली बैंक मार्फत कारोबार गर्न सक्नेछन्। उक्त विद्यालयहरुमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीको तलबी खाता पनि प्रभु बैंकमै खोली बैंकबाट तलब भुक्तानी लिन सकिने छ।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।