नेपाल लाइफको बीमाशुल्क इ-सेवाबाट भुक्तानी गर्न सकिने

Feb 13, 2020 03:48 PM MeroLagani



नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क इ-सेवाबाट भुक्तानी गर्न सकिने भएको छ।

अनलाइन मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका हुन्। 

सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बिमाशुल्क इ-सेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्नेछन्। यस्तै इ-सेवा एकाउन्ट नभएका ग्राहकले इ-सेवाका देशभर रहेका कुनैपनि जोन पोइन्टमार्फत बीमाशुल्क भुक्तानी गर्न पाउनेछन्। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इ-सेवाको देशभर ८० हजारभन्दा बढि एजेन्ट छन्। इ-सेवाका प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् भने खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ। इ-सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल-कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

 

 

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।