आईएमई जनरल इन्स्योरेन्सको साधारण सभा, लाभांश अनुमोदन गर्दै

Feb 17, 2020 10:36 AM Merolagani



आईएमई जनरल इन्स्योरेन्स (IGI) ले फागुन २४ गते बाइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा लैनचौर बैङ्क्वेट्स, लैनचौरमा बिहान १० बजे शुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३२ लाख २२ हजार ९४७ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गर्न प्रबन्धपत्र संशोधन गर्ने र संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १२ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्नेछ। यस अनुसार फागुन ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ। बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख रुपैयाँ पुग्नेछ।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।