कोरोना भाइरसको फैलावट सुस्त हुदैँ, एशियाली शेयर बजारमा सामान्य सुधार

Feb 19, 2020 01:28 PM Agency



बुधबार एशियाली र केही अमेरिकी शेयरमा सामान्य सुधार देखिएको छ। चीनमा कोरोना भाइरसका नयाँ घटनाहरुमा कमी देखिएसँगै लगानीकर्ताहरुमा सकारात्मकता बढेका कारण केही समयदेखि सुस्त रहेको एशियाली शेयर बजारले सामान्य गति समाएको हो। 

बुधबार एशिया–प्रशान्त शेयर इन्डेक्सले ०.०३ प्रतिशतको सामान्य फाइदा लियो। यसैगरी यसदिन शुरुवाती बजारमा घटेको चिनीयाँ शेयर पछि भने ०.१५ प्रतिशतले बढ्यो।

बुधबार अस्ट्रेलियन शेयर ०.०२ प्रतिशतले बढ्यो भने जापानको निक्केई इन्डेक्समा ०.५ प्रतिशतको सुधार देखिएको छ। यसैगरी एशियाली बजारमा अमेरिकी शेयर ०.१८ प्रतिशतले बढेको छ।

विश्वको दोस्रो ठूलो अर्थव्यवस्था भएको चीनको केन्द्रीय प्रान्त वुहानमा सन् २०१९ को डिसेम्बरमा देखिएको भाइरसका कारण चीनको उत्पादन क्षेत्र संघर्षको स्थितिमा रहेको छ। भाइरलको उच्च जोखिम बढेसँगै कयौँ देशहरुले चीनको यात्रामा प्रतिबन्ध लगाएका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पर्नुका साथै समग्र अर्थव्यवस्था नै प्रभावित बनिरहेको छ।

बुधबारसम्म चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २००० भन्दा धेरै पुगिसकेको छ र उक्त भाइरसका कारण २४ वटा देशहरु प्रत्यक्ष रुपमा प्रभावित बनेका छन्।

कारोनाको जोखिम वृद्धवृद्धा र बिरामीहरुमा धेरै

चीनले पहिलोपटक कोरोना भाइरसको संक्रमण सम्बन्धमा अहिलेसम्मकै ठूलो अध्ययन गरी विस्तृत विवरण सार्वजनिक गरेको छ। अध्ययनमा ४४ हजारभन्दा बढी संक्रमितको विश्लेषण गरिएको छ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीसीडीसी) ले जारी गरेको रिपोर्ट अनुसार कोरोना प्रभावितमध्ये ८० प्रतिशतभन्दा बढी सामान्य बिरामी छन्।

यसैगरी उक्त भाइरसको उच्च जोखिममा वृद्धवृद्धाहरु र बिरामी मानिसहरु रहेका छन्। अध्ययनले कोरोना संक्रमित व्यक्तिहरुको उपचार गरिरहेका स्वास्थ्यकर्मीहरु पनि संक्रमणको उच्च जोखिममा रहेको देखाएको छ।

वुहान शहरको एक अस्पतालका निर्देशकको कोराना संक्रमणका कारण मंगलबार मृत्यु भयो। ५१ वर्षीय लिउ झिमिङ वुचाङ हस्पिटलका निर्देशक थिए, जुन भाइरसबाट सबैभन्दा बढी आक्रान्त शहरको केन्द्रमा छ। कोरोनाबाट अहिलेसम्म मृत्यु हुने स्वास्थ्य अधिकारीमा उनी सबैभन्दा वरिष्ठ हुन्। एजेन्सीको सहयोगमा 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।