भैरवकुण्ड हाइड्रोपावर लिलामी गर्दै बैंक

Feb 20, 2020 10:54 AM Merolagani



गत पुस १६ गते कर्जा भुक्तानी गर्नेबार ३५ दिने सूचना प्रकाशित गर्दा पनि ऋण तिर्न नआएपछि बैंकहरुले भैरवकुण्ड हाइड्रोपावर लिमिटेडको सम्पूर्ण चल अचल सम्पत्ती लिलाम बिक्री गर्ने भएको छ।

सानिमा बैंकको अगुवाईमा बैंक अफ काठमाण्डू, एनएमबि बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र मञ्जुश्री फाइनान्सले हाइड्रोपावरका जग्गाहरु र जग्गामा निर्मित सम्पूर्ण घर, टहरा साथै सोमा जडान भएका सम्पूर्ण प्लान्ट, मेशीनरी, उपकरण साथै सम्पूर्ण चल अचल सम्पत्ती र सोको लिगलगापात समेत लिलाम बिक्री गर्न फागुन ८ गते सूचना प्रकाशित गरेको छ।

हाइड्रोपावरको नाममा सिन्धुपाल्चोक मालपोत कार्यालयमा तातोपानी गाविस वडा नं. ४ को कित्ता नं. १९२ को १०–५–३–० र कित्ता नं. २०६ को ४–३–१–१ क्षेत्रफलको जग्गा दर्ता रहेको छ।

‘सहवित्तीयकरण समूहका बैंक तथा वित्तीय संस्थाहरुबाट उपभोग गरेको कर्जा तिर्ने बुझाउने तर्फ हालसम्म सम्पुष्टि हुने किसिमको स्पष्ट, यथार्थ कार्यान्वयनयुक्त तथा ठोस कार्ययोजना समेत पेश गर्न नसकेको, कर्जा तिर्ने तर्फ उन्मुख हुनु पर्नेमा सो गरे भएको नपाईएकोले’ लिलाम गर्न लागेको सूचनामा उल्लेख छ।

हाइड्रोपावरका सञ्चालकहरु सुरेन्द्र भण्डारी, रामकाजी पौडेल, राजेश श्रेष्ठ, मनोरञ्जन शर्मा र पदम बहादुर श्रेष्ठ रहेका छन्।

परियोजना खरिद गर्न इच्छुकले १५ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्रको आवेदन फाराम सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट प्राप्त गर्न सकिनेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।