कोरोनाको असरः भारतमा औषधीको मूल्य ४५ प्रतिशत बढ्यो

Feb 20, 2020 12:45 PM Merolagani



चीनमा व्याप्त कोरोना भाइरसको प्रत्यक्ष असर भारतको औषधीजन्य क्षेत्रमा पनि देखिएको छ । चीनबाट कच्चा पदार्थ आपूर्ति नभएसँगै औषधी र चिकित्सा उपकरणको मूल्य ४५ प्रतिशतसम्म बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

यसैगरी प्लास्टिक उत्पादन र मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको मूल्य पनि ३० प्रतिशतसम्म बढेको बताइएको छ ।

मूल्य निकै बढेपछि भारतीय अर्थमन्त्री निर्मला सीतारमणले सरोकारवालासँग छलफल अघि बढाएकी छन् । छलफलका क्रममा उनले फर्मास्युटिकल क्षेत्रका उद्योगीहरुलाई हालको अवस्था चाँडै नियन्त्रणमा आउने भन्दै चिन्ता नगर्न आश्वासन समेत दिइन् ।

केही दिनदेखि भारतमा ज्वरोको औषधी सिटामोल लगायतका केही औषधीहरुको मूल्य लगातार बढिरहेको छ ।
भारतमा पारासिटामोलको मूल्उ ४० प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । यसैगरी ब्याक्टेरियल इन्फेक्सनबाट बच्नका लागि प्रयोग हुने एजिथ्रोमाइसीको मूल्य पनि ७० प्रतिशतभन्दा धेरैले वृद्धि भएको बताइएको छ । एजेन्सीको सहयोगमा 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।