लेखा समितिकाे बैठकमा सञ्चारमन्त्री बाँस्कोटामाथि छानविन गर्न माग, मन्त्री अनुपस्थित

Feb 20, 2020 12:56 PM Merolagani



सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बास्कोटाको आडियो सार्वजनिक भएसंगै त्यसको चर्चा चुलिएको छ । 

सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधि विजय प्रकाश मिश्रसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक पछि  यसको चर्चा चुलिएको हो ।

बिहिबार लेखा समितिले सेक्युरिटी प्रेसका बारेमा छलफल गर्न बैठक बोलाएको छ । समितिको बैठकमा संसदहरुले उक्त प्रकरणमा सञ्चारमन्त्री बाँस्कोटामाथि छानविन गर्न माग गरेका छन् । संसदहरुले सेक्युरिटी प्रेसको खरिद प्रकृयामा अनियमितता हुन सक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित सेक्युरिटी प्रेसका बारेमा छलफल भएको हो ।

लेखा समितिले यस घटनाका बारेमा छलफल गर्न सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई बोलाए पनि उनी भने उपस्थित भएनन् । विभिन्न कार्यक्रमका लागि मन्त्री बाँस्कोटा कञ्चनपुर रहेको बुझिएको छ ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।