लेखा समितिकाे बैठकमा सञ्चारमन्त्री बाँस्कोटामाथि छानविन गर्न माग, मन्त्री अनुपस्थित

Feb 20, 2020 12:56 PM Merolagani



सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बास्कोटाको आडियो सार्वजनिक भएसंगै त्यसको चर्चा चुलिएको छ । 

सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधि विजय प्रकाश मिश्रसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक पछि  यसको चर्चा चुलिएको हो ।

बिहिबार लेखा समितिले सेक्युरिटी प्रेसका बारेमा छलफल गर्न बैठक बोलाएको छ । समितिको बैठकमा संसदहरुले उक्त प्रकरणमा सञ्चारमन्त्री बाँस्कोटामाथि छानविन गर्न माग गरेका छन् । संसदहरुले सेक्युरिटी प्रेसको खरिद प्रकृयामा अनियमितता हुन सक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित सेक्युरिटी प्रेसका बारेमा छलफल भएको हो ।

लेखा समितिले यस घटनाका बारेमा छलफल गर्न सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई बोलाए पनि उनी भने उपस्थित भएनन् । विभिन्न कार्यक्रमका लागि मन्त्री बाँस्कोटा कञ्चनपुर रहेको बुझिएको छ ।

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।