सेक्युरिटी प्रेस खरिद राेक्न लेखा समितिकाे निर्देशन (बैठककाे अडियो सहित)

Feb 20, 2020 02:13 PM Merolagani



संसदकाे सार्वजनिक लेखा समितिले सेक्युरिटि प्रिन्टिङ प्रेसको खरिद प्रकृया तत्काल अघि नबढाउन निर्देशन दिएको छ । 

सेक्युरिटि प्रिन्टिङ प्रेसको खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक भएपछि बिहीबार  बसेको लेखा समितिको बैठकले खरिद प्रक्रिया रोक्न निर्देशन दिएकाे हाे ।

समितिले सेक्युरिटी प्रेसका बारेमा छलफल गर्न बाेलाएकाे बैठकमा संसदहरुले सञ्चारमन्त्री बाँस्कोटामाथि छानविन गर्न माग गरेका छन् । संसदहरुले सेक्युरिटी प्रेसको खरिद प्रकृयामा अनियमितता हुन सक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधि विजय प्रकाश मिश्रसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक पछि  यसको चर्चा चुलिएको छ ।

सार्वजनिक लेखा समितिमा भएको छलफलकाे अडियो सुन्नुहाेस् । 




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।