सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा थप तथ्य उजागर, सांसदहरूले मागे आठ प्रश्नकाे जवाफ

Feb 20, 2020 03:13 PM Merolagani



सेक्युरिटी  प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिशन मागेको विषयमा बिहीबार सार्वजनिक लेखा समितिले थप तथ्य उजागर गरेको छ । समितिले बुँदागत रूपमा आठ प्रश्ननका जवाफ सरकारसँग माग गरेको छ । 

प्रेस खरिद प्रकरणमा प्रतिस्पर्धी नभएको, लागत अनुमान यथार्थ नभएको, पोल्याण्डको सरकारी कम्पनीले प्रधानमन्त्रीलाई लेखेको पत्रको बेवास्ता गरिएको, स्वीस कम्पनीको प्रस्ताव बेवास्ता, विभिन्न कम्पनीहरुको प्रस्तावित मूल्यमा ठूलो भिन्नता भएको, सरकारले गरेको प्रस्ताव र मन्त्रिपरिषद् निर्णयमा थुप्रै अस्पष्टता भएको, प्रस्तावित कम्पनीहरूको अनुभव कम भएको र सङ्कट समाधान, समन्वय र मितव्ययिता नअपनाइको विषयमा लेखा समितिले सरकारसँग जवाफ खोजेको हो ।

लेखा समितिले यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भनेर भनेको छैन तर उसले सोधेका प्रश्नहरुले भ्रष्टाचार गर्ने नै नियत अनुसार कम भएको ठहर्‍याएको छ । प्रतिस्पर्धा नगराएकाे मूल्यमा समेत अरू कम्पनी भन्दा महँगो पर्नुको कारण सोधिएको छ । जबकि यस्तै सामग्री उपलब्ध गराउन अरू कम्पनीले गरेको प्रस्ताव १० अर्ब रुपैयाँ कम छ । पाँचौँ बुँदामा मूल्यको बारेमा सोधिएको छ ।

लेखा समितिको आजको बैठकमा उपस्थित सबै सांसदहरूले चर्को विरोध गरेका थिए । नेकपाकै सांसदहरूले समेत छानबिन हुनुपर्ने भनेका थिए । नेपाली काँग्रेसका सांसदहरू समितिको बैठकमा खनिएका थिए । तर उक्त बैठकमा छलफल गर्न सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई बोलाए पनि उनी भने उपस्थित भएनन् । कार्यक्रमका लागि मन्त्री बास्कोटा कञ्चनपुर रहेको बुझिएको छ ।

 के के सोधियाे प्रश्न, हेर्नुस् विस्तृतमा 

 

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।