सरकारकाे प्रबक्ताको राजिनामा पछि नियमित पत्रकार सम्मेलन स्थगित

Feb 20, 2020 05:41 PM Merolagani

सरकारकाे प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि सरकारको नियमित पत्रकार सम्मेलन स्थगित भएको छ ।

हरेक बिहीबार मन्त्रिपरिषदको निर्णय सुनाउने मन्त्री बास्कोटाको राजीनामा पछि नियमित पत्रकार सम्मेलन स्थगित भएको हो ।

सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले नियमित पत्रकार सम्मेलन स्थगित भएको जानकारी गराएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा अडियो लिक भएपछि नैतिकताका आधारमा मन्त्री बास्कोटाले राजीनामा दिएका हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।