सानिमा बैंकको वित्तीय सहयोगमा ओम स्टोन एशिया क्यापिटलले पाँचतारे होटल निर्माण गर्ने

Feb 21, 2020 10:55 AM Merolagani



ओमस्टोन एशिया क्यापिटल नेपाल (ओएसीएनपिएल) ले धुलिखेलमा पाँचतारे होटल तथा रिसोर्ट स्थापना गर्ने भएको छ । सानिमा बैंकको वित्तीय व्यवस्थापन  तथा अगुवाईमा दुसितथानी हिमालयन रिसोर्ट एन्ड स्पा स्थापना गर्ने भएको हो ।

त्यसको लगानीका लागि सहवित्तीयकरण अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक सहभागी भएको छ । फाल्गुन ७ गते सहवित्तीयकरण अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकसंग ऋण सम्झौता भएको सानिमा बैंकले जनाएकाे छ ।

सो परियोजना निर्माणको अनुमानित लागत एक अर्ब २७ करोड रुपैयाँ रहेको बैंकले जनाएकाे  छ ।

ओएसीएनपिएलले दुसितथानी हिमालयन रिसोर्ट तथा भिल्ला व्यवस्थापन र संचालनको लागि दुसित इन्टरनेशनलसँग सहकार्य गर्नेछ । दुसित इन्टरनेशनल थाइल्याण्डको प्रख्यात हस्पिटालिटी तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित रहेको छ ।

विगत ६५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा विश्वस्तरीय एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दुसित इन्टरनेशनलको हाल १८ देशहरुमा २९ होटल तथा रिसोर्ट संचालनमा रहेको छ ।

 




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।