अनलाइन प्रणलीले कारोबारमा नयाँ रेकर्ड बन्यो : नेप्से

Feb 20, 2020 07:01 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबारको कारोबारमा नयाँ रेकर्ड बनेपछि अनलाइन कारोबारलाई श्रेय दिएको छ । शेयर बजारको इतिहासमै सर्वाधिक रकमको कारोबार भएको भन्दै नेप्सेले अनलाइन शेयर कारोबार प्रणालीलाई श्रेय दिएको हो ।

नेप्सेले जारी गरेको विज्ञप्ती अनुसार गत कार्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली औपचारिक रुपमा संचालन आएपछि क्रमिक रुपमा कारोबार गतिविधि बढेको छ ।

नेप्सेको शेयर कारोबार प्रणलीमा सिडिएससी तथा एनसिएचएलको प्रणालीमा आवद्ध ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कारोबार सम्बन्धी रकम तथा धितोपत्र भुक्तानी तथा राफसाफ गर्न/गराउन सकिने भएपछि लगानीकर्ता सहभागी हुन सहज महशुस गरेको नेप्सेको विश्वास छ ।

पछिल्लो सात कारोबार दिनको तथ्यांकलाई हेर्दा अनलाइनबाट मात्रै एक तिहाई अर्थात ३३ प्रतिशत कारोबार हुन थालेको छ । माघ सम्मको तथ्यांक अनुसार दैनिक औषत कारोबार रकम एक अर्ब ४२ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । गत वर्ष यही अवधिमा यस्तो औसत कारोबार ३० करोडमा सीमित थियो ।

  • नेप्सेकाे आग्रह

 

नेप्सेले दोश्रो बजारमा कारोबार गरिरहेका वा इच्छुक लगानीकर्तालाई ब्रोकरबाट मार्फत यूजरनेम र पासवर्ड लिन आग्रह गरेको छ । ब्रोकरबाट अनलाइन कारोबार प्रणालीको यूजर नेम र पासवर्ड निःशुल्क पाइने नेप्सेले जनाएको छ ।

बिहीबार नेपालको पूँजी बजारको इतिहासमै सबै भन्दा बढी रकमको कारोबार भएको छ । यस दिन २३ हजार ९०० कारोबारमा २ अर्ब ७८ करोड ५० रुपैयाँ बराबरका ५८ लाख २९ हजार ५१० कित्ता शेयर किनबेच भएका छन् ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।