सिटिजन्स बैंकद्धारा ४ नयाँ शाखा संचालन

Feb 21, 2020 01:50 PM Merolagani



सिटिजन्स बैंक (CZBIL) ले फागुन ८ गते थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ। बैंकले मोरंगको कन्चनबारी, पोखराको हस्पिटल चोक र कैलालीको अत्तरिया तथा सुखडमा शाखाहरु संचालनमा ल्याएको हो। 

नेपाली जनमाझमा आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले शाखाहरु विस्तार गरेको जनाएको छ। नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंकको करिब पाँच लाख ग्राहक छन् भने देशभर ९३ शाखा, ९० एटिएम र १०३ शाखारहित बैंकिङ्ग एकाई संचालनमा छन्।