३ घण्टा नपुग्दै ६ प्रतिशतले घट्यो नेप्से, आजको लागि बजार बन्द

Mar 02, 2020 01:37 PM Merolagani



सोमबार कारोबार शुरु भएको तीन घण्टा नबित्दै नेप्से सूचक ६ प्रतिशतले घटेपछि यस दिनको लागि शेयर कारोबार बन्द भएको छ।

कारोबार खुलेको २ घण्टा २९ मिनेट अर्थात १ बजेर २९ मिनेट जाँदा नेप्से सूचक ९६.०६ अंकले घटेर १४९५.२० विन्दुमा झरेको छ। 

खुलेदेखि नै लगातार घटेको बजारमा दुई वटा कम्पनीको मात्र शेयरमूल्य केहि बढेको छ भने १५३ वटा कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै २ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन।

यस अवधिमा १७३ वटा कम्पनीको ४९ लाख ८६ हजार कित्ता शेयर २ अर्ब १५ करोड रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन खानिखोला हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य केहि बढेको छ। त्यस्तै प्रभु इन्स्योरेन्स, प्रिमिएर इन्स्योरेन्स, गरिमा विकास बैंक, आरएसडिसी लघुवित्त शेयरमूल्य घट्ने कम्पनीकाे शिर्ष स्थानमा छन्।

यस दिन इन्स्योरेन्स कम्पनीहरको शेयरमूल्य उच्च रुपले घटेको छ भने वाणिज्य बैंकहरको शेयरमूल्यमा पनि निकै गिरावट आएको छ। कारोबारमा आएका सबै उपसूचकमा गिरावट आउदा निर्जीवन बीमा कम्पनी उपसमुहको सूचक ७.४६ प्रतिशत, जिवन बीमा कम्पनी उपसमुहको सूचक ७.४५ र वाणिज्य बैंक उपसमूहको सूचक ६.७४ प्रतिशतले घटेको छ।  




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।