लगानी व्यवस्थापक मार्फत बजारमा ५ अर्ब बढी लगानी

Mar 08, 2020 11:43 AM Merolagani



नेपाली पूँजी बजारमा लगानी व्यवस्थापकको काम गरिरहेका २७ वटा व्यवस्थापकले पुस महिनासम्म दुई हजार दुई जान लगानीकर्ताको ५ अर्ब ६ करोड ८६ लाख ७७ हजार रुपैयाँ लगानी व्यवस्थापन गरेका छन्।

लगानीकर्ताहरुले डिस्क्रिशनरी (स्वेच्छिक) र नन डिस्क्रिशनरी (गैर स्वेच्छिक) लगानी व्यवस्थापन योजना अन्तर्गत लगानी गरेका छन्। जहाँ स्वेच्छिक लगानी व्यवस्थापनमा लगानीकर्ताहरु आकषर्ण भएको देख्न सकिन्छ।

यस स्वेच्छिक व्यवस्थापनद्वारा एक हजार ८२८ जना लगानीकर्ताले चार अर्ब ४७ करोड १० लाख ४६ हजार रुपैयाँ लगानी व्यवस्थापन भईरहेको छ। साथै गैर स्वेच्छिक लगानी व्यवस्थापनद्वारा एक सय ७४ जना लगानीकर्ताले ५५ करोड १२ लाख ७३ हजार रुपैयाँ बराबर लगानी व्यवस्थापन भईरहेको छ।

स्वेच्छिक लगानी व्यवस्थापकले पूर्ण स्वतन्त्रतामा आफ्नो स्वविवेकको प्रयोग गरेर खरिदबिक्री गर्न सक्नेगरी व्यवस्थापकले लगानीकर्ताको खाता सञ्चालन गर्न सक्नेछन्।

यस्तै गैर स्वेच्छिक लगानी व्यवस्थापनमा लगानीकर्ताको आदेश बमोजिम मात्र खरिदबिक्री गर्ने गरि व्यवस्थापकले लगानीकर्ताको खाता सञ्चालन गर्ने गर्दछन्।

लगानी व्यवस्थापकहरुको माध्यमबाट हामीसँग भएको लगानी पूँजी बजारका उपकरणहरु शेयर, डिभेन्चर, म्युचुअल फण्ड लगायतमा लगानी गरि प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

धितोपत्र बोर्डबाट अनुमति पाएका ३० मर्चेण्ट बैंकरमध्ये २७ कम्पनीले लगानी व्यवस्थापन गर्दै आएका छन्। लगानी व्यवस्थापक कम्पनीहरुले धितोपत्र बोर्डको निगरानिमा रहेर मात्र लगानीकर्ताहरुको लगानीलाई व्यवस्थापन गराएका हुन्छन्।

शेयर बजार सम्बन्धी पर्याप्त जानकारी नभएका र बजारमा पूर्णरुपले समय दिन नसक्ने व्यक्ति तथा कम्पनीहरुले लगानी व्यवस्थापकहरु मार्फत बजारमा लगानी गर्ने गरेका छन्।

राम्रोसँग बजारको राम्रो जानकारी नभएका लगानीकर्ताले यस्ता पोर्टफोलियो व्यवस्थापकहरुको माध्यमबाट बजारमा लगानी गर्दा बजारबाट हुनसक्ने नोक्सान न्यूनीकरण हुने लगानी व्यवस्थापकहरु बताउछन्।

लगानी व्यवस्थाकहरुसँग कम्पनीको व्यवस्थापन, वित्तीय अवस्था लगायतका बिषयमा सुक्ष्म अध्ययन र विश्लेषण गर्ने व्यक्ति मार्फत प्राप्त सल्लाह बमोजिम लगानी बढाउने र घटाउने भएकाले यसरी लगानी गर्नु थोरै जोखिम कम हुने उनिहरुको भनाई छ।




comments powered by Disqus

नेप्से पुगेर अर्थमन्त्री पौडेलले भने "३००० पुगेको सूचक किन फेरि २५०० मा आयो जवाफ चाहान्छु"

Sep 18, 2024 04:34 PM

अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेञ्ज पुगेर पछिल्लो समय बजार घट्नुको कारण खोजेका छन्। उनले ३००० पुगेको नेप्से अहिले २५०० मा झरेको भन्दै त्यसको कारण खोजी गरेका हुन्।