सुन र चाँदीको मूल्यमा भारि वृद्धि, कति पुग्यो मूल्य ?

Dec 10, 2024 11:21 AM Merolagani



मंसिर २५ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य भारि वृद्धि भएको छ । यसदिन सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।