मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

Mar 10, 2020 07:40 AM Merolagani



मितेरी डेभलपमेन्ट बैंक (MDB) को शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा बैंकको फागुन २७ गते मंगलबार बोनस शेयरमा शेयरमूल्य समायोजन भएको हो।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३९१ रुपैयाँ ४८ पैसा कायम गरेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मितेरी डेभलपमेन्ट बैंकले साधारण सभा डाकेको छ। बैंकले चैत ८ गते साधारण सभा आयोजना गर्नेछ।

बैंकको चौधौँ वार्षिक साधारण सभा गोर्खा किचन, धरानमा बिहान ९ बजेदेखि शुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १८.५२५२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले फागुन २७ गतेदेखि बुकक्लोज गरेको हो। यस अनुसार फागुन २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

बैंकको समायोजित मूल्यलाई आधार मानेर मंगलबार शेयर कारोबार खुल्नेछ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।