मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

Mar 10, 2020 07:40 AM Merolagani



मितेरी डेभलपमेन्ट बैंक (MDB) को शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा बैंकको फागुन २७ गते मंगलबार बोनस शेयरमा शेयरमूल्य समायोजन भएको हो।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३९१ रुपैयाँ ४८ पैसा कायम गरेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मितेरी डेभलपमेन्ट बैंकले साधारण सभा डाकेको छ। बैंकले चैत ८ गते साधारण सभा आयोजना गर्नेछ।

बैंकको चौधौँ वार्षिक साधारण सभा गोर्खा किचन, धरानमा बिहान ९ बजेदेखि शुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १८.५२५२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले फागुन २७ गतेदेखि बुकक्लोज गरेको हो। यस अनुसार फागुन २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

बैंकको समायोजित मूल्यलाई आधार मानेर मंगलबार शेयर कारोबार खुल्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।