५० लाख सम्मको कर्जा प्रवाह गर्दा करचुक्ता प्रमाणपत्र नलिन बैंकहरुलाई निर्देशन

Mar 12, 2020 05:48 PM merolagani



नेपाल राष्ट्र बैंकले ५० लाख सम्मको कर्जा प्रवाह गर्दा ऋणीसँग कर चुक्ता प्रमाणपत्र नमाग्न निर्देशन दिएको छ।

केन्द्रिय बैंकले मौद्रिक नितिको अर्धवार्षिक समिक्षा गर्दै फर्म तथा कम्पनीलाई ५० लाखसम्मकाे कर्जा प्रवाह गर्दा करचुक्ता नचाहिने तथा ५० लाखदेखि २ करोडसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान नवीकरण गर्न सक्ने व्यवस्था गरेको थियो।

सोही व्यवस्थाको कार्यन्वयनको लागि केन्द्रिय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई ५० लाख सम्मको कर्जा प्रवाह गर्दा वा नविकरण गर्दा करचुक्ता नमाग्न निर्देशन दिएको हो।

त्यसैगरी ५० लाखदेखि २ करोडसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान नवीकरण गर्न निर्देशन दिएको छ।

२ करोड रुपैयाँभन्दा धेरैको कर्जा प्रवाह गर्दा भने अनिवार्य रुपमा करचुक्ता लिनुपर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ।





यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।