शेयर बजारमा लगानीकर्ताकाे मनाेबल उकास्न डा. आत्मा राम घिमिरेकाे चार उपाय

Mar 16, 2020 06:56 PM merolagani

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र डगमगाएको तथा लामो मन्दीको स्थितिमा रहने आंकलन गरिएको छ । गत दुई सातादेखि विश्वका शेयर बजारमा एक प्रकारको परकम्प नै आएको छ । 

२९५५१ पुगेको ड जोन इन्डेन्स आज २३१८५ छ, जुन बिहिबार २१२०० सम्म आएको थियो । २० प्रतिशत उच्च मूल्यबाट झरेपछि बजार ‘करेक्सन’ नभई ‘वियरिस’ ट्रेण्डमा रहेको बुझिन्छ । त्यसै गरि ७१२१ पुगेको अष्ट्रेलियाको ‘ए यस यक्स’ इन्डेक्स आज ५१९३ मा रहेको छ । जर्मनी, बेलायत, हङकङ, भारत सबै स्टक बजारको स्थिति यही रहेको छ । यसै सन्र्दभमा ३ वर्ष भन्दा बढीको ‘वियरिस’ स्थितिबाट ‘वुल’ तर्फ जान लागेको नेपालको स्टक बजार नेप्सेको सुचकाङ्क ११०० अङ्कको न्यून विन्दुबाट १६३२ फ्रेबुवरी २७ मा पुगेको थियो जुन अहिले १३१३ मा झरेको छ । सैद्धान्तिक हिसाबमा १३०५ भन्दा तल आएपछि बजार पुन वियरिस प्रवृत्तिमा रहने संकेत गर्दछ ।

नेपालको शेयर बजार घट्नुको मुख्य कारण ‘कोरोना भाइरसको त्रासको कारण मनोवैज्ञानिक असर’ पहिलो हो र यस्तो अवस्थामा पूर्वाधार बिना कारोबारको समय बढाउनाले हिजो बजारमा थप असर गरी ६४ अङ्कले घट्न पुग्यो । कारोबार समय बढाउने निर्णय उचित हो तर लागु गर्ने समय गलत हो । सिडियस र नेप्सेको पूर्ण अटोमेशन, सेटलमेन्ट समेत नगरी कारोबार समय बढाउने निर्णय लागु गर्नुहुदैनथ्यो । त्यसैगरी ‘कारोना’ कै कारण बजार नै केही समय बन्द गर्नुपर्ने अवस्थामा कारोबार समय बढाउनु निर्णय बजार स्थिरताको लागि बाधक भएको छ ।

यस हप्ता पुन विश्व शेयर बजार घट्ने संकेत नै दखिन्छ । कोरोनाको स्थितिमा सुधार भए तथा नियामक र बजारका संचालकका सकारात्मक प्रयास भए नेपाली शेयर बजार नेप्सेले नयाँ उचाई प्राप्त गर्नेछ – तर यही स्थिति रहे नेपालको शेयर बजार यसपालिको न्यूनतम विन्दु पुन आइपुग्ने संकेत देखिन्छ ।

नेप्से बजार सुधारमा गत केही वर्षदेखि सुधारका प्रयास नभएका हैनन्, तर ती अत्यन्त सुस्त तथा हरेक प्रयास वा कदम पूर्णरूपमा लागु हुन सकेका छैनन् । बजार सुधारका केही उपाय तल प्रस्तुत गरिएको छ ।

१. कोरोना असर : यसको न्यूनीकरणको लागि बजार गत भूकम्पमा अवलम्बन गरिए झैँ एक महिनाको लागि बन्द गरिनुपर्दछ । त्यो आज भोलि नै नगरे कारोबारको समय २ घण्टामा सिमित राख्ने, ३ प्रतिशत घटे बजार एक घण्टा ‘हल्ट’ गर्ने जस्ता उपाय अवलम्बन गरिनुपर्दछ । उदाहरणको लागि न्यूयोर्क स्टक एक्सचेञ्जमा धेरै घटेकाले १५ मिनेटमा नै गत हप्ता हल्ट गरियो ।

२. अटोमेशन : धेरै पहिले देखि नै जोड दिदैँ आएको ‘पूर्ण कम्प्युटराइजेशन’ अझै हुन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरको ‘स्टक एक्सचेञ्ज सिष्टम’ उपलब्ध छैन । कारोबारको सेटलमेन्ट ब्रोकरले म्यानुयल्ली अनलाइनमा गर्नुपर्छ, सिष्टम बेला बेलामा ह्याङ हुन्छ । बजार सुधारिए दैनिक यसपाली १० अरबको सम्म नेप्सेमा कारोबार हुन सक्छ । ४ अरब ८४ करोडको एकपटकको कारोबार थाम्न हम्मे परेको हाम्रो सिष्टम र ब्रोकरले दैनिक १० अरबको कारोबार कसरी धान्लान् ?

३. विविध कम्पनीको प्रवेश : बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्सको बाहुल्य रहेको नेप्सेमा जलविद्युत कम्पनीहरूको प्रवेशले विविधिकरणको आवश्यकता केही हदमा पुरा गरेका थिए । तर केही सूचीकृत कम्पनीका खराब वित्तीय स्थितिले जलविद्युत क्षेत्रमा नैराश्य भएपनि दीर्घकालीन रूपमा राम्रा जलविद्युत कम्पनीको शेयर मूल्य फाइदाजनक हुने तथा न्यून जोखिम हुने संकेत देखा परिसकेको छ । तर यसका लागि स्थानिय पूँजी संकलनका लागि गरिएका प्रावधान जस्तै ३ वर्षको ‘लकिङ्ग पिरियड’, प्रतिव्यक्ति १० हजार मात्र आवेदन दिने आदि हटाउनु पर्छ ।

४. १० कित्ता शेयर साना लगानी कर्ता ः पूँजीबजार निजी तथा सरकारी कम्पनीहरूलाई पूँजी उपलब्ध गराउने महत्वपूर्ण माध्यम तथा ‘पूँजी निर्माण’ पनि यहीबाट हुने भएकाले यसमा खुकुलोपना आवश्यक छ । १० कित्ता सबैलाई दिने प्रतिगामी निर्णय हो । सूचीकृत कम्पनी तथा पूँजी निर्माणको हिसाबले साना लगानिकर्ता १० कित्ताको लागि निस्काशनको १० प्रतिशत ५०० कित्ता सम्मका लागि १० प्रतिशत गरि बाँकी ८० प्रतिशत माग गरेको आधारमा आनुपातिक वितरण भए हाललाई केही सुधार हुने अपेक्षा गरिन्छ ।

समग्रमा हाल विभिन्न सूचीकृत कम्पनीको मूल्य खरीद गर्न योग्य छ । दीर्घकालीन लगानीकर्ताले बजारमा हाल लगानी गरेमा ‘कोरोना’ असर पश्चात अत्याधिक मुनाफा हासिल गर्ने कुरामा कुनै शंका छैन । त्यसैले राम्रा कम्पनी छानी नेप्सेमा लगानी गर्ने अवसर लेखक देख्दछ ।

( प्रभु लाइफ इन्स्याेरेन्सका अध्यक्ष घिमिरे, इन्भेष्टर्स फाेरमका पूर्व अध्यक्ष समेत हुन ।)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।