यसै सन्दर्भमा अमेरिकी फेडरल रिजर्भ बैङ्क (फेड) ले बेन्चमार्क ब्याज दर शून्यदेखि ०.२५ प्रतिशत बनाएको छ। यस अघि यस्तो दर १ प्रतिशतदेखि १.२५ प्रतिशत थियो। अमेरिकी केन्द्रीय बैङ्कले ब्याजदरमा एक प्रतिशतले कटौती गरेको छ। यस अघिको तीन मार्चमा फेडले ०.५ प्रतिशतले ब्याजदर कटौती गरेको थियो।
फेडले अमेरिकी अर्थ व्यवस्थामा ७०० अर्ब डलर 'इन्जेक्सन' हाल्ने निर्णय समेत गरेको छ। उसले ५०० अर्ब डलर बराबरको र २०० अर्ब डलर बराबरको सरकारी ऋणपत्र (बॉन्ड) किन्ने घोषणा गरेको छ। यसैबिच न्यूजील्याण्ड केन्द्रीय बैङ्कले पनि आपत्कालीन बैठक पछि सोमबार ब्याजदर ७५ 'बेसिस पोइन्ट' आधार विन्दुले घटाएको छ।
यसभन्दा पहिले संयुक्त अरब इमिरेट्सको केन्द्रीय बैङ्क (युएई)ले अर्थतन्त्रलाई पुनर्जीवित गर्न २७ अर्ब डलरको प्रोत्साहन प्याकेज घोषणा गरेको थियो। यस अन्तर्गत, युएईका बैंकहरूलाई सहयोग गरिने छ।नियामक सीमाहरूमा लचकता अपनाइने छ। मध्य-पूर्वमा प्राय: सबै देशहरूले उनीहरूको अर्थतन्त्रलाई गति दिन प्रयत्न गर्ने वाचा गरेका छन्। साउदी अरेबियाले छुट्टै १३ अर्ब डलर बराबरको राहत प्याकेज घोषणा गरेको छ।
त्यस्तै, बैंक अफ कोरियाले सोमबार आकस्मिक बैठकबाट मूख्य दरहरु घटाउने निर्णय गरेको छ। बैठकले बैंकको ब्याजदर ५० बेसिस पोइन्ट घटाई ०.७५ प्रतिशतमा झार्ने निर्णय गरेको छ।
यता, मिडिया रिपोर्टका अनुसार भारतीय रिजर्भ बैङ्कले खस्कँदो रुपैयाँलाई समाल्न शुक्रबार १.५ अर्ब डलर बेचेको छ। यद्यपि आरबीआईले यो पुष्टि गरेको छैन। शुक्रबार आरबीआईले गरेको यो कदमले रुपैयाँलाई एसियाको दोस्रो उच्च बाउन्स मुद्रा बनायो। डलरको विनिमयमा भारतीय रुपैयाँ ऐतिहासिक गिरावट ७४ रुपैयाँ ५० पैसाको तल्लो बिन्दुबाट माथि उक्लिएको थियो।
आरबीआईले भनेको छ 'कि यस्तो परिस्थितिलाई अनुगमन गरिरहेको छ। यो पैसा, डेट र विदेशी मुद्रा बजारमा नगद र स्थिरता कायम गर्न सबै आवश्यक कदमहरू चाल्ने छ '। आरबीआईले बिहीबार थप भनेको छ कि 'यसले बजारलाई राहत दिन विभिन्न चरणमा-महिनाको डलरको खरिद बिक्री बिक्री गर्नेछ। यस अन्तर्गत, बैकहरूले आरबीआईबाट डलर किन्नेछन्। पहिलो चरण अन्तर्गत, आरबीआईले सोमबार दुई अर्ब मूल्यको डलर बिक्री गर्नेछ' ।
शुक्रबार राति, युएस फेडरल रिजर्भ (फेड) ले १ ट्रिलियन डलर बराबरको एकदेखि तीन महिनासम्मका रिपो अपरेसनको घोषणा गर्यो। यस हप्ता, सङ्घीय रिजर्भ पनि ब्याजदर समीक्षा गर्ने तयारीमा छ। विश्वभरिका लगानीकर्ताहरूले जान्न चाहन्छन् कि फेडले मौद्रिक नीति समीक्षामा के निर्णय गर्दछ।
चीनको केन्द्रीय बैङ्क पीपुल्स बैङ्क अफ चाइना (पीबीओसी) ले बैङ्कको सञ्चय आवश्यकता अनुपात घटाएर ०.५ प्रतिशत १ प्रतिशतमा झारेको छ।
बैङ्क अफ जापानले पनि ऋण पत्र खरिद गरी कार्यक्रम घोषणा गर्यो। आईसीआईसीआई बैङ्कका विश्वव्यापी बजार प्रमुख बी प्रसन्नले 'केन्द्रीय बैकहरूले लिएका यी कदमले शुक्रबार विश्वभरको शेयर बजारमा सुधार आएको र उदीयमान बजारको मुद्रा पनि खस्कन कम भएको बताएका छन्। यसैबिच, दक्षिण कोरियाली नियामकले शेयर बजारमा छ महिना को लागी (सर्ट सेल) छोटो बिक्री प्रतिबन्धित र शेयर बायब्याकको लागी नियम लचिलो बनाएको छ।
करोनाभाइरस सङ्क्रमण १०० भन्दा बढी देशहरूमा १ लाख ५० हजारभन्दा बढी मानिसहरूमा फैलिएको छ। यसका कारण ५ हजार ७०० भन्दा बढी मानिसको मृत्यु भएको छ। मध्य पूर्वमा सबैभन्दा बढी इरानमा सङ्क्रमण फैलिएको छ। इरानमा करिब १३ हजार व्यक्ति सङ्क्रमित भइसकेका छन्। ६०० भन्दा बढीको मृत्यु भईसकेको छ। यद्यपि, विश्वव्यापी रूपमा ७० हजारभन्दा बढी व्यक्ति सङ्क्रमण मुक्त भईसकेका छन्।
नेपालको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले आफ्नो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामै त्यसको असरको बारेमा बताइसकेको छ। उसले पछिल्लो समय कस्तो असर गरेको छ भन्ने विषयमा अध्ययन गरिरहेको र त्यसले देखाएको आधारमा कस्तो व्यवस्था गर्ने भन्ने विषयमा निर्णय हुने केन्द्रीय बैङ्कका प्रवक्ता डा. गुणकर भट्टले बताएका छन्।