नयाँ गर्भनर ‘क्वारेन्टाइनमा’ !,अर्थमन्त्री ज्यू चैत्र ५ गते कहिले आउँछ ?

Mar 17, 2020 05:36 PM merolagani



राजेन्द्र खनाल

अर्थमन्त्रीले सरकारको प्रवक्ता भएपछिको पहिलो पत्रकार सम्मेलनमा भनेका थिए, गर्भनरको चयन समयमै हुन्छ । मतलव,चैत्र ५ भित्र नयाँ गभर्नर नियुक्त हुनेछन् । बुधवार चैत्र ५ बाट गर्भनर डा चिरन्जीवी नेपालले अवकास पाँउदैछन् ।  अर्थमन्त्री अब भन्नुहोस्, तंपाईले गभर्नर चयन गर्ने भनेकाे समय कहिले हो ?

सरकारले राष्ट्रबैंकको गर्भनरलाई कति महत्वहीन बनाउँदै छ भन्ने दृश्टान्त अहिलेको घटना परिघटनाले उद्घाटित गरिरहेको छ । राष्ट्रबैंकका गर्भनर डा चिरन्जीवी नेपाल चैत्र ५ गते कार्यकाल पूरा गरी बाहिरिँदै छन् । तर सरकारले नयाँ गर्भनरका लागि प्रकृयासमेत थालेको छैन । गर्भनरलाई गलहत्याउने कानून संसदमा पेश गरेको सरकारलाई किन चाहियो समयमै गर्भनर ? प्रश्न पेचिलाे बनेकाे छ ।

मुलुक मूल्य मान्यतामा चलेको भए यो बेलासम्ममा नयाँ गर्भनरको नियुक्ति भइसकेको हुन्थ्यो । किन कि राष्ट्रबैंकको ऐनमा स्पष्ट रूपमा बहालवाला गभर्नरको कार्यकाल सकिन १ महिना बाँकी हुदै गभर्नर नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । यसो हुँदा त फागुन ५ मै नयाँ गर्भनरको छनौट भइसक्नु पर्ने हो । तर, बिज्ञता फेरो समाएर पुन नियुक्त हुन ‘योग्य’ बनेका अर्थमन्त्रीले अहिलेसम्म सिफारिस समितिसम्म बनाउन भ्याएका छैनन् । यहीँनेर उनले नियत देखाएका छन् । गभर्नर नियुक्तिको लागि अर्थमन्त्रीको संयोजकत्वमा गठित ३ सदस्यीय समितिमा पूर्व गभर्नरमध्येबाट एक जना र अर्को एक जना आर्थिक क्षेत्रका बिशिष्ट व्यक्ति रहने कानूनी व्यवस्था छ ।

पहिलेको समाजमा बुहारी सासु बनेपछि बुहारीको मर्म बिर्सन्छन र तिनै बुहारीको जगटा तान्ने गर्छिन भन्ने नेपाली कथन अहिले उनको हकमा लागू हुने देखिएको छ । किनभने पहिले राष्ट्रबैंकका गर्भनर बनेर अहिले अर्थमन्त्रीको अकल्पनीय उपहार पाएका अर्थमन्त्री खतिवडाले गर्भनरको गरिमा र ओजलाई करौंती हान्न थालेकाे बिश्लेषण हुन थालेकाे छ । जुन कुरा संसदमा बिचाराधीन राष्ट्रबैंक ऐनको संशोधन बिधयकबाट प्रष्ट हुन्छ । संशोधनमा सरकारले कुनैपनि बेला राष्ट्रबैंकका गर्भनरलाई हटाउन सक्ने व्यवस्था छ । यो भनेको पूर्णरूपमा राष्ट्रबैंकको स्वायत्तता माथिको आक्रमण हो ।आफू अनुकुलको आर्थिक नीति कार्यान्वयनमा कुनै गर्भनरले प्रश्न गरे उसलाई ठाउँको ठाउँ कारवाही गर्ने मनसाय संशोधन बिधयेकमा देखिन्छ । बहुमतको सरकारसँग बिधेयक पास गर्ने सुविधा छ, यदि अहिले पेश भएको शंसोधन अक्षरस पारित भए गर्भनर रबर स्टाम्प बन्ने देखिन्छ ।

गर्भनर समयमै अर्थात चैत्र ५ भित्र नियुक्ति नगरेर अहिलेदेखि नै सरकारले नियत देखाउन थालेको छ । नेपाली काँग्रेसले सरकारले ल्याएको बिधयेक जस्ताको तस्तै पारित गर्न नदिने बताएपनि संसदको गणितले साथ नदिँदा अर्थमन्त्रीकाे चाहनाले मूर्तरूप लिने पक्का छ । राष्ट्रबैंकको स्वायत्तता हननका लागि पूर्ब गभर्नर नै मोहरा बन्ने परिस्थिति हुनु दुर्भाग्य भएको राष्ट्रबैंकबाट अवकास भएका सिनियरहरूले बताउन थालेका छन् ।

कोराना भाइरसका कारण बिश्व अर्थतन्त्र डगमगाएको बेला बिभिन्न देशका गर्भनरहरू सक्रिय बनिरहेका छन् । उनीहरूले दैनिकजसो बोर्ड मिटिङ राखेर मौद्रिक औजार मार्फत सूचकहरूलाई सामान्यीकरण गराइरहेका छन् । कतिपय देशहरूमा केन्द्रिय बैंकले व्याजदर घटाउनुको साथै सहुलियत प्याकेजको घोषणा गरिरहेका छन् । सोमवार भारतीय रिजर्भ बैंकका गर्भनरले पत्रकार सम्मेलन गरी सहुलियत प्याकेज नै घोषणा गरे । तर, नेपालमा ठीक उल्टो छ । नयाँ गभर्नरलाई अहिलेको चलनचल्तीको शव्द क्वारेन्टाइनमा राखिएको छ । यहाँ बिज्ञ अर्थमन्त्री हुँदा गभर्नर पनि समयमा नचाहिने रहेछ भन्न खाेजिएकाे छ । कोरना भाइरसको बारेमा केन्द्रीय बैंकको रणनीति बनाउने मान्छे बस्ने कुर्सी खाली हुँदा पनि सरकारलाई कुनै मतलव छैन । कोरना भाइरस यहाँ त राजनीति गर्ने माध्यम बन्ने स्थिति छ ।

सरकार बिशेषगरी अर्थमन्त्रीको तर्फबाट गर्भनर नियुक्तिमा अब सफेद झूठ आउन सक्छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको कारणले मन्त्रीपरिषदको बैठक बस्न सकेन र गर्भनर छनौट समिति गठन हुन सकेन । तर, यसलाई सफेद झूठ किन भनेको हो भने प्रधानमन्त्री हस्पिटल भर्ना हुनु अघि नै गर्भनर नियुक्ति हुनुपर्ने थियो किनभने ऐनले एक महिना अघि नै नयाँ गर्भनर चयन गरिसक्नु भनेको छ । अर्थमन्त्रीले गर्भनर नियुक्तिलाई महत्व दिएकाे भए फागुन ४ मै चयन हुनसक्थे किन कि प्रधानमन्त्री फागुनको १९ गतेमात्र अस्पताल भर्ना भएका हुन । राष्ट्रिय सभाको सदस्य सकिएर एक दिन पनि पद नगएका उनले राष्ट्रिय सभाको कार्यकालको बिषयलाई यस बिषयमा जोड्न नैतिक रूपले सक्दैनन् । छ महिने अर्थमन्त्री अस्पतालबाट नियुक्त हुने देशमा चार बर्षे गभनर्र  नियुक्त नहुने कुरै थिएन ।

आखिर इमानमा विश्वास गर्छु भन्ने अर्थमन्त्रीले समयमै गर्भनर ल्याउन किन सकेनन् ? भन्नै परेन उनी केन्द्रिय बैंकको गर्भनरलाई कमजोर पार्ने रणनीतिमा छन् । गर्भनर पदलाई सरकारको कठपुतली बनाउनमा उद्यत छन् । गभर्नर भए पनि ठीक र नभए पनि के नै बिग्रन्छ र ? भन्ने सन्देश दिन चाहिरहेका छन् । बिश्वका केन्द्रिय बैंक गर्भनरहरूले संकटमोचनका लागि बिभिन्न मौद्रिक औजार चलाइरहेको अवस्थामा उनी भने गभनर्रको अधिकार र राष्ट्रबैंकको स्वायत्ततामा कैंची चलाइरहेका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।