अपि पावर र सेञ्चुरीको साधारण सभा स्थगित

Mar 20, 2020 08:49 AM Merolagani



अपि पावर कम्पनी र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको साधारण सभा स्थगित भएको छ।

कोरोना भाईरक (कोभिड–१९) महामारीको रुपमा फैलिएकोले सरकारको निर्देशन बमोजिम साधारण सभा स्थगित गरिएको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठितमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गते बसेको बैठकले एकै ठाउँमा २५ जनाभन्दा बढी मानिस भेला हुन बन्द गर्ने भनि निर्णय गरेको थियो। सोही निर्णय बमोजिम साधारण सभा स्थागित गरिएको कम्पनीले जनाएको छ।

अपि पावर कम्पनी (API) ले चैत ७ गते कार्की ब्यांक्वेट, माइतीघरमा बोनस शेयर वितरण गर्ने र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा डाकेको थियो।

त्यसैगरी, सेञ्चुरी (CCBL) ले पनि लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते साधारण सभा डाकेको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।