अपि पावर र सेञ्चुरीको साधारण सभा स्थगित

Mar 20, 2020 08:49 AM Merolagani



अपि पावर कम्पनी र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको साधारण सभा स्थगित भएको छ।

कोरोना भाईरक (कोभिड–१९) महामारीको रुपमा फैलिएकोले सरकारको निर्देशन बमोजिम साधारण सभा स्थगित गरिएको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठितमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गते बसेको बैठकले एकै ठाउँमा २५ जनाभन्दा बढी मानिस भेला हुन बन्द गर्ने भनि निर्णय गरेको थियो। सोही निर्णय बमोजिम साधारण सभा स्थागित गरिएको कम्पनीले जनाएको छ।

अपि पावर कम्पनी (API) ले चैत ७ गते कार्की ब्यांक्वेट, माइतीघरमा बोनस शेयर वितरण गर्ने र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा डाकेको थियो।

त्यसैगरी, सेञ्चुरी (CCBL) ले पनि लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते साधारण सभा डाकेको थियो।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।