सहयोगीको साधारण सभा स्थगित

Mar 22, 2020 08:27 AM Merolagani



सहयोगी विकास बैंक लिमिटेड (SBBLJ) ले सोह्रौँ वार्षिक साधारण सभा स्थगित गरेको छ। चैत ८ गते बसेको बैंकको सञ्चालक समितिको २९६ औँ बैठकले सो निर्णय गरेको हो।

हाल संसारभर कोरोना भाईरस (कोभिड–१९) महामारीको रुपमा फैलिएकोले त्यसबाट संक्रमण भई फैलन नपाओस भनेर एकै ठाउँमा २५ जनाभन्दा बढी मानिस भेला हुन बन्द गर्ने सरकारले निर्देशन दिएपछि सो साधारण सभा स्थागित गरिएको बैंकले बताएको छ। बैंकले यस अघि चैत १० गते साधारण सभा आह्वान गरेको थियो। बैंकले अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरेको बताएको छ।

सभामा सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेशनलमा १०० बराबर ९१.९५ शेयर स्वाप रेसियोमा विलय हुने, १८.७२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। एक्विजिशन प्रयोजनार्थ बैंकको शेयर गत असार २३ गतेदेखि बन्द रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।