सहयोगीको साधारण सभा स्थगित

Mar 22, 2020 08:27 AM Merolagani



सहयोगी विकास बैंक लिमिटेड (SBBLJ) ले सोह्रौँ वार्षिक साधारण सभा स्थगित गरेको छ। चैत ८ गते बसेको बैंकको सञ्चालक समितिको २९६ औँ बैठकले सो निर्णय गरेको हो।

हाल संसारभर कोरोना भाईरस (कोभिड–१९) महामारीको रुपमा फैलिएकोले त्यसबाट संक्रमण भई फैलन नपाओस भनेर एकै ठाउँमा २५ जनाभन्दा बढी मानिस भेला हुन बन्द गर्ने सरकारले निर्देशन दिएपछि सो साधारण सभा स्थागित गरिएको बैंकले बताएको छ। बैंकले यस अघि चैत १० गते साधारण सभा आह्वान गरेको थियो। बैंकले अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरेको बताएको छ।

सभामा सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेशनलमा १०० बराबर ९१.९५ शेयर स्वाप रेसियोमा विलय हुने, १८.७२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। एक्विजिशन प्रयोजनार्थ बैंकको शेयर गत असार २३ गतेदेखि बन्द रहेको छ।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।