नेपाल पुर्नबीमा कम्पनीको शेयर ३.६८ गुणा बढी आवेदन, सबैले न्युनतम ३० कित्ता पाउने

Mar 22, 2020 05:06 PM merolagani



नेपाल पुर्नबीमा कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा ३.६८ गाुण बढी आवेदन परेको छ। हालसम्ममा कम्पनीको आइपीओमा ४ लाख ९ हजार ७२१ जना आवेदकबाट ५ अर्ब ५७ करोड ३७ लाख ३५ हजार रुपैयाँ बराबरको ५ करोड ५७ लाख ३७ हजार ३५० कित्ता शेयर खरिदको लागि आवेदन परेको आरबिबि क्यापिटलले जनाएको छ।

 

तर आवेदन दिएका कतिपय आवेदकको भने अझै आवेदन रुजु हुन बाँकी नै रहेको छ। सबै आवेदकको आवेदन रुजु भएपश्चात यसको संख्या अझै बढ्न सक्ने छ। 

कम्पनीले चैत ४ गतेदेखि चैत ७ गतेसम्म सर्वसाधारणमा १ अर्ब ५१ करोड २६ हजार ५०० रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको थियो

हालसम्मको आवेदकलाई धितोपत्र बाँडफाँड निर्देशिका अनुसार १० कित्ताका दरले बाँडफाँड गर्दा आइपीओमा आवेदन गर्ने सबै लगानीकर्ताले कम्तिमा ३० कित्ता र भाग्यशाली २ लाख ८३ हजार ४८७ जना लगानीकर्ताले गोलाप्रथाबाट १० कित्ता थप गरि ४० कित्ता शेयर प्राप्त गर्ने देखिन्छ।

कोरोना भाइरसको असरका कारण कम्पनीको शेयर बाँडफाँडमा भने केही ढिलाई हुने भएको छ। सरकारले चैत २१ गतेसम्म अत्यावश्यक भन्दा बाहेक सबै कार्यलयहरु बन्द गर्न निर्देशन दिएकाले आइपीओ बाँडफाँडको अवधि केही लम्बिने भएको हो।

कम्पनीको आइपीओ कहिले बाँडफाँड गर्ने भनेर हालसम्म कुनै निर्णय नभएको बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकले जनाएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।