सरकारले दियो ग्रिन सिग्नल,सोमबारदेखि शेयर बजार बन्द

Mar 22, 2020 07:39 PM Merolagani



सुवास निरौला

सरकारले ग्रिन सिग्नल दिएसँगै सोमबारबाट शेयर कारोबार बन्द हुने भएको छ। अर्थमन्त्रीले शेयरबजारसँग सम्बन्धित सबै सरोकारवालालाई बोलाएर आइतबार छलफल गरेका थिए ।

छलफलमा अर्थमन्त्रीले शेयर कारोबारको विषयमा सोधेको प्रश्नमा नेपाल धितोपत्र बोर्ड र नेप्सेले बन्द गर्ने बिषयमा एक आपसमा आरोप प्रत्यारोप गरेका थिए । आइतबारको बैठकमा बोर्डलाई स्पष्ट निर्देशन दिन अर्थ मन्त्रीले आग्रह गरेका थिए । मन्त्रीको निर्देशनपछि  बोर्डले विशेष अधिकार प्रयोग गर्दै पाँच दिन शेयर कारोबार बन्द गर्ने निर्देशन दिने सहमति गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।  निर्देशन दिन नेप्से र बोर्डको यति बेला बैठक बसिरहेको छ । बोर्डले निर्देशन दिएसँगै  सोमबार बाट शेयर कारोबार बन्द हुने स्रोतको दाबी छ ।

उसले धितोपत्र सम्बन्धी एन, २०६३ लाई ले दिएको विशेष अधिकार प्रयोग गर्दै बजार बन्द गराउने छ। एन को दफा ९० मा विशेष अधिकारको व्यवस्था छ । जसमा चार वटा विशेष अधिकारको व्यवस्था छ । जसमा दफा ९० को १ को (घ)मा धितोपत्र बजारसँग परामर्श गरी पाँच दिनसम्म बजार बन्द गर्न सक्ने व्यवस्था छ । यही अधिकार प्रयोग गर्दै बोर्डले निर्देशन दिने भएको हो । उसको निर्देशन मान्नै पर्ने दफा ९० को (२) मा अर्को व्यवस्था छ।

लगानीकर्ताले बजारलाई बन्दै गर्नु पर्ने माग बढेपछि कारोबार बन्द गरेको हो । शेयर कारोबार भन्दा लगानीकर्ताको स्वास्थ्य महत्त्वपूर्ण मान्दै सरकारले निर्देशन दिएको स्रोतले बतायो । सरकारको निर्देशन पाए लगत्तै बोर्डले कारोबार बन्द गराउन विशेष अधिकार प्रयोग गर्ने भएको हो ।

तर यता नेप्सेले शेयर लिक्विड एसेट भएकोले लगानीकर्तालाई अप्ठ्यारो अवस्थामा सम्पत्तिलाई तरल बनाउन दिनु पर्ने भन्दै उसले कारोबार खोलेको थियो ।उसले नियामक निकाय र अर्थ मन्त्रालयसँग समेत परामर्श गर्दा स्पष्ट निर्देशन नआएको भन्दै कारोबार सुचारु गरेको थियो।अर्थ मन्त्रालयमा भएको छलफल पछी बसेको नेप्सेको बोर्ड बैठकले नियामकको निर्देशन अनुसार नै शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । 

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।