माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध परीक्षण सफल

Mar 22, 2020 06:31 PM merolagani



राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलको परीक्षण सफल भएको छ । दोलखाको लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवक्र्सको काम सम्पन्न भएसँगै बाँधमा पानी थुनेर एक सातादेखि गरिएको परीक्षण सफल भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।

एक सातादेखि पानी थुनेर गरिएको परीक्षणमा सिभिलका सबै संरचनाहरु टोलरेन्स लेभलमा रहेको, पानी लिकेज कम रहेको र बाँध क्षेत्रको परीक्षण सफल भएको प्रवक्ता न्यौपानेले बताए । निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको हेडवर्क्स अन्तर्गतको बाँध, गेट, स्टपलग आदिको परीक्षण सफल भएसंँगै आयोजना बालुवा थिग्र्याउने पोखरीको परीक्षण गर्ने तयारीमा लागेको छ ।

सुरुङको परीक्षणपछि अन्तमा पेनस्टकको परीक्षण गरिने र त्यो सफल भए मात्र विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । अहिलेसम्म ९९ दशमलव चार प्रतिशत निर्माणको काम सकिए पनि ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काममा केही ढिलाइ भएका कारण आयोजना सम्पन्न हुन सकेको छैन ।

ठाडो सुरुङको दुईवटा भागमध्ये तल्लो ठाडो सुरुङ ३७३ मिटर लामो र माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो रहेको छ । अहिलेसम्म तल्लो ठाडो सुरुङमा २६० मिटर पेनस्टक पाइप जडान भएको र माथिल्लो ठाडो सुरुङमा १५० मिटर पेनस्टक पाइप जडान भएको आयोजनाले जनाएको छ ।

विसं २०६७ देखि मुख्य सिभिल निर्माण कार्यको शुरुआत गरिएको यो आयोजनाले २०७२ जेठ महिनामा पहिलो युटिनबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो । विसं २०७२ वैशाखको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, लामोसाँघु चरिकोट सडकको स्तरोन्नतिका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।