नेको इन्स्योरेन्सको लाभांश संशोधन, कति दिने भयो त लाभांश?

Mar 23, 2020 10:32 AM Merolagani



नेको इन्स्योरेन्स (NIL) ले गत आर्थिक वर्षको मुनाफबाट वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ। अब इन्स्योरेन्सले कर सहित ८.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

यस अघि इन्स्योरेन्सले ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। बीमा समितिले इन्स्योरेन्सलाई कर सहित ८.१६ प्रतिशत मात्र नगद लाभांश वितरण गर्ने स्वीकृती दिएपछि लाभांश संशोधन गरेको हो।

सो लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले २०७७ बैशाख १ गते २४ औँ वार्षिक साधारण सभा डाकेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत २४ गतेदेखि साधारण सभा नभएसम्मका लागि बुकक्लोज गर्नेछ।