नेको इन्स्योरेन्सको लाभांश संशोधन, कति दिने भयो त लाभांश?

Mar 23, 2020 10:32 AM Merolagani



नेको इन्स्योरेन्स (NIL) ले गत आर्थिक वर्षको मुनाफबाट वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ। अब इन्स्योरेन्सले कर सहित ८.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

यस अघि इन्स्योरेन्सले ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। बीमा समितिले इन्स्योरेन्सलाई कर सहित ८.१६ प्रतिशत मात्र नगद लाभांश वितरण गर्ने स्वीकृती दिएपछि लाभांश संशोधन गरेको हो।

सो लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले २०७७ बैशाख १ गते २४ औँ वार्षिक साधारण सभा डाकेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत २४ गतेदेखि साधारण सभा नभएसम्मका लागि बुकक्लोज गर्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।