नेपाल इन्स्योरेन्सको साधारण सभा स्थगित

Mar 23, 2020 10:55 AM Merolagani



नेपाल इन्स्योरेन्स (NICL) ले ७१ औँ वार्षिक साधारण सभा स्थगित गरेको छ। चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

इन्स्योरेन्सले चैत २१ गते शुक्रबार एयरपोर्ट होटल, सिनामङ्गलमा साधारण सभा डाकेको थियो। तर, कोरोना भाईरस महामारीको रुपमा विश्वभर फैलिएका कारण एकै ठाउँमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने नेपाल सरकारको निर्णय बमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारण सभा स्थगित गरेको इन्स्योरेन्सले जनाएको छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।