एनएलजीले थप्यो हकप्रदमा आवेदन दिने म्याद

Mar 23, 2020 11:45 AM Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) ले हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। इन्स्योरेन्सको हकप्रद शेयरमा अब चैत २७ गतेसम्म आवेदन दिन सकिने भएको छ।

इन्स्योरेन्सले गत फागुन २२ गतेदेखि १० बराबर ६ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यकमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। यसअघि सो हकप्रद शेयरका लागि चैत १२ गतेसम्म आवेदन दिने सकिने व्यवस्था गरिएको थियो।

हकप्रद शेयर निष्काशन प्रयोजनको लागि इन्स्योरेन्सले माघ २७ गते बुकक्लोज गरेको थियो। यस अनुसात माघ २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।