चार वर्षसम्म लगानी जुटाउन नसकेपछि सिद्धकालीको पिपिए खारेज

Mar 23, 2020 04:12 PM RSS



तोकिएको शर्तअनुसार काम नगरेपछि नेपाल विद्युत् प्राधिकरणले सिद्धकाली पावर लिमिटेडसँग गरिएको विद्युत् खरीद सम्झौता (पिपिए) खारेज गरिदिएको छ । वित्तीय व्यवस्थापन गर्न नसकेपछि प्राधिकरणले आज सो कम्पनीसँग गरिएको सम्झौता खारेज गरेको हो ।

कम्पनीले धादिङ र नुवाकोटको सीमा नजिकै गल्छीमा कूल ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत् आयोजना निर्माण गर्न लागेको थियो ।

प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७३ जेठ २० गते विद्युत् खरीद सम्झौता भएको थियो । कम्पनीले २४ महिनाभित्र वित्तीय व्यवस्थापन गर्ने र निर्माणमा जाने गरी सम्झौता गरेको थियो । विद्युत् विकास विभागले सो आयोजनाको अनुमतिपत्र समेत यसअघि नै खारेज गरिदिएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले तोकिएको समयमा वित्तीय व्यवस्थापन गर्न नसकेको र अनुमतिपत्रसमेत सिद्धकालीको हकमा नभएकाले प्राधिकरणले सम्झौता खारेज गरिदिएको बताए। उनले कानूनअनुसार नै अनुमतिपत्रसमेत नभएको र सम्झौताको शर्तअनुसार २४ महिनाभित्र वित्तीय व्यवस्थापन नगरेकाले सम्झौता खारेज भएको जानकारी दिए ।

सम्झौता भएको चार वर्षसम्म पनि लगानी जुटाउन नसकेपछि स्वतः कानूनअनुसार नै सम्झौता खारेज भएको प्राधिकरणको भनाइ छ । उता सिद्धकाली पावरका प्रतिनिधि सञ्जिव न्यौपानले भने आफूहरुको सम्झौता कायमै रहेको बताए । “हामीले क्षमता घटाएर आयोजना निर्माण गर्न लागिपरेका छौँ । त्यसमा कुनै समस्या छैन”, न्यौपानेले भने । प्रवद्र्धक कम्पनीले इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (इपिसिएफ) ढाँचामा चिनियाँ लगानीकर्ता भित्र्याएर आयोजना निर्माण गर्ने जनाएको थियो । एक चिनियाँ कम्पनीसँग पनि सो विषयमा सम्झौता भएको थियो । ती सबै सम्झौता कार्यान्वयन हुन नसकेको बताइन्छ । न्यौपानले क्षमता घटाएर आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइएको दावी गरे ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।