हिमालयन जनरल इन्स्योरेन्सले लाभांश पारित गर्ने साधारण सभा बोलायो, बुक क्लोज कहिले ?

Mar 24, 2020 08:40 AM Merolagani



हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले लाभांश पारित गर्न साधारण सभा बालाएको छ। इन्स्योरेन्सले २०७७ साल वैशाख २९ गते बिहान ११ बजे, कार्की व्याङकेट बबरमहल काठमाडौँमा २६ औं वार्षिक साधारण सभा बोलाएको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँको ४ प्रतिशतले हुने आउने ४ करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको बोनश शेयर र ३.७५ प्रतिशतले हुने ३ करोड ८५ लाख २० हजार रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले वैशाख १२ गते देखि २९ गते सम्मको लागि बुकक्लोज गर्ने जनाएको छ। त्यस अनुसार वैशाख ११ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।