मेराेलगानीले काेराेना भाइरस राेकथाम, नियन्त्रण तथा उपचारकाेषमा १ लाख रुपैयाँ सहयाेग गर्ने

Mar 24, 2020 08:38 AM Merolagani



विश्वव्यापी महामारीकाे फैलिएकाे काेराेनाका भाइरस नियन्त्रणका लागि सरकारले तयार पारेकाे राेकथाम, नियन्त्रण तथा उपचारकाेषमा मेराेलगानी डटकमले एक लाख रूपैया सहयाेग प्रदान गर्ने भएकाे छ।

काेषमा रकम जम्मा गर्न सरकारले अपील गरेसँगै सहयाेग रकम जम्मा गर्न लागिएकाे हाे। महामारी विरूद्धकाे सरकारी अभियानमा साथ दिन सामाजिक उत्तरदायित्व अन्तर्गत रकम जम्मा गर्न लागिएकाे मेराेलगानी डटकमले जनाएकाे छ।

साे रकम, काेषकाे लागि खाेलिएकाे राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार रहेकाे खाता नम्वर १९६०००००११०१ जम्मा गरिने छ। साे खातामा विभिन्न संघ, संस्था र निजी क्षेत्रबाट सहयाेग जम्मा हुनेक्रम जारी छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।