मेराेलगानीले काेराेना भाइरस राेकथाम, नियन्त्रण तथा उपचारकाेषमा १ लाख रुपैयाँ सहयाेग गर्ने

Mar 24, 2020 08:38 AM Merolagani



विश्वव्यापी महामारीकाे फैलिएकाे काेराेनाका भाइरस नियन्त्रणका लागि सरकारले तयार पारेकाे राेकथाम, नियन्त्रण तथा उपचारकाेषमा मेराेलगानी डटकमले एक लाख रूपैया सहयाेग प्रदान गर्ने भएकाे छ।

काेषमा रकम जम्मा गर्न सरकारले अपील गरेसँगै सहयाेग रकम जम्मा गर्न लागिएकाे हाे। महामारी विरूद्धकाे सरकारी अभियानमा साथ दिन सामाजिक उत्तरदायित्व अन्तर्गत रकम जम्मा गर्न लागिएकाे मेराेलगानी डटकमले जनाएकाे छ।

साे रकम, काेषकाे लागि खाेलिएकाे राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार रहेकाे खाता नम्वर १९६०००००११०१ जम्मा गरिने छ। साे खातामा विभिन्न संघ, संस्था र निजी क्षेत्रबाट सहयाेग जम्मा हुनेक्रम जारी छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।