धितोपत्र बोर्डले कोरोना संक्रमण रोकथामका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

Mar 24, 2020 11:32 AM Merolagani



नेपाल धितोपत्र बोर्डले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको प्रवक्ता निरज गिरीले बताए।

प्रवक्ता गिरीका अनुसार, आफूहरुले कोषमा सहयोग गर्नुका साथै अन्य पूँजीबजार सम्बद्ध निकायहरु नेप्से, सिडिएससि, ब्रोकर र आस्बा सदस्य लागायतलाई सहयोग गर्न अपिल गर्नेछ।

त्यसैगरी, नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्र सिंह साउदले पनि नेप्सेको तर्फबाट कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। तर कति रकम बराबर सहयोग गर्ने भन्ने बारेमा नेप्सेको बोर्डसँग छलफल गरेपछि मात्र तय हुने साउदको भनाई छ। 

सरकारले संक्रमण रोकथाम नियन्त्रणका लागि कोष बनाए पछि विभिन्न निकायबाट सहयोग जुटन क्रम जारी छ। जसमा विभिन्न व्यक्ति, समुदाय व्यवसायीहरु रहेका छन्। यसै क्रममा शेयर बजार र समग्र अर्थतन्त्रको विषयमा समाचार सम्प्रसण गर्ने मेरोलगानीले पनि कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।