लक्ष्मी बैंकको १२१औँ शाखा काभ्रेको पनौतीमा

Mar 24, 2020 03:33 PM Merolagani



लक्ष्मी बैंकले काभ्रेको पनौतीमा नयाँ शाखा संचालनमा ल्याएकोे छ ।

यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

उक्त शाखाको सहित लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ४ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १५० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु छन् ।