कृषि विकास बैंकद्धारा बेलहिया नाकामा सावुन पानीले हात धुने व्यवस्था

Mar 24, 2020 04:07 PM Merolagani



कृषि बिकास बैंकले चैत्र १० गते भैरहवा स्थित नेपाल भारत सीमा नाका बेलहियामा नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण बाट सुरक्षित राख्नको लागि सावुन पानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाएको छ ।

बैंकले उक्त सेवाका लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको हो ।

उक्त सामाग्रीहरु बैंकका ५ नं. प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापाले रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्तको रोहवरमा ईलाका प्रहरी कार्यालय बेलहियाका ईन्चार्ज ईश्वरी अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

यसका साथै बैंकले संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न १० बोरा चुना पनि उपलब्ध गराएको छ ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।