कृषि विकास बैंकद्धारा बेलहिया नाकामा सावुन पानीले हात धुने व्यवस्था

Mar 24, 2020 04:07 PM Merolagani



कृषि बिकास बैंकले चैत्र १० गते भैरहवा स्थित नेपाल भारत सीमा नाका बेलहियामा नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण बाट सुरक्षित राख्नको लागि सावुन पानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाएको छ ।

बैंकले उक्त सेवाका लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको हो ।

उक्त सामाग्रीहरु बैंकका ५ नं. प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापाले रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्तको रोहवरमा ईलाका प्रहरी कार्यालय बेलहियाका ईन्चार्ज ईश्वरी अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

यसका साथै बैंकले संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न १० बोरा चुना पनि उपलब्ध गराएको छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।